डोगडी भ्या- ढुङ्गा: पर्यटकीय तथा ऐतिहासिक धरोहर (बझाङ) !!


[ss_social_share]
लेखक : लेखापढी      ८ माघ २०७७, बिहीबार १८:३६ मा प्रकाशित     
डोगडी भ्या- ढुङ्गा: पर्यटकीय तथा ऐतिहासिक धरोहर (बझाङ) !!
प्रकृतीको बेजोड सौर्न्दयलाइ जुन दिन सृष्टिले रच्यो त्यसको बिसाउनी भने आजको बादल भित्रको हरियाली गाँउ डोगडीको भ्या-ढुङ्गा बनेको छ । घुम्टो भित्र सिंगारिएकी बेहुली जस्तै हरियाली भित्र डोगडी सिंगारीएका छन । प्रकृतीको काखमा रमाउँनेहरुका लागि त सुर्मा गा. पा. को डोगडी आज बालकका लागि आमा जत्तिकै प्यारी छिन । 
 
पहाडकी रानी उपनाम पनि बझाङको  डोगडी भ्या-ढुङ्गा लागि सुहाउँदो छ । किनकि हरियालीमा रमाएको र सौर्न्दयले सजेको यस्तो पहाडी जिल्ला बझाङको विकल्पमा देख्न सकिन्न ।
 
न्तरिक  कैयौं पर्यटकहरुलाई डोगडीको हरियालीले साँच्चै मन्त्र मुग्ध तुल्याएका छन । प्रकृतिले गरेको यो स्वागतबाट प्रभावित भएर होला देश विदेशमा समेत आज आएर बझाङको प्रतिविम्वित सजिएको छ ।  पक्कै पनि अमुल्य उपहार हुन। यहाँको मुख्य पर्यटकीय स्थलहरुमा सुर्मा देबी, पावर हाउस (जापान सरकारको आर्थिक सहयोगमा बनेको)को बिचित्र  मुहान, चिटिक्क परेको डोगडी गाउँ, वारी अना, पारी अना, मन्डोगडी, किमुचौड, आधाबगर माध्यमिक बिद्यालय वरिपरि, बाहुली खोला, जेउडे खोला, आदि रहेका छन।
 
पहाडकी रानी उपनाम पनि बझाङको  डोगडी भ्या-ढुङ्गा लागि सुहाउँदो छ । किनकि हरियालीमा रमाएको र सौर्न्दयले सजेको यस्तो पहाडी जिल्ला बझाङको विकल्पमा देख्न सकिन्न । साथै युगहरु छिचोलेर समय भन्दा पनि अगाडी बढ्न सफल सुर्मा गाउँपालिकाको डोगडी बझाङ  कै एक महत्वर्पूण आत्मनिर्भर रमणीय ठाउँ  बन्न पुगेको छ ।
 
जसमा यहाँको नगदे बालीले यहाँको जनजीवनको आर्थिक टेवामा ठूलो सघाउ पुर्‍याएको छ । अन्धकारलाई परास्त गरी उज्यालोको संसारमा जिउन सफल डोगडीले यातायात तथा विद्युत उत्पादनमा पाएको थोरै बहुत सफलता पनि एउटा वहुमुल्य पक्ष हो ।
 
सुन्दरताले लिप्त बझाङको सुर्मा गा.पा. मा पर्ने डोगडीको अत्यन्तै रमणीय भ्या-ढुङ्गा  उदाहरण बनेको छ।
 
भनिन्छ प्रकृतिको आनन्दमा हावा पनि रमाउछ। यो त एक  प्रकृति सुन्दरताको उपहार हो।यहाँ सृष्टिको हरेक पुञ्जमा सुन्दरता भेट्न सकिन्छ। त्यस्तै सुन्दरताले लिप्त बझाङको सुर्मा गा.पा. मा पर्ने डोगडीको अत्यन्तै रमणीय भ्या-ढुङ्गा  उदाहरण बनेको छ।
 
आजकाल यस ठाउँमा आन्तरिक पर्यटकहरुको आगमन बढ्दै गएको छ  भने अझ बनभोज का लागि पनि निकै उचित र सम्भावना बोकेको छ। तर प्रकृतिको यस्तो अत्यन्तै रमणीय सजिएको हाम्रो घर आँगनमा यस्तो अत्भुत शक्ति बोकेको भ्या- ढुङ्गा  पर्यटकको रोजाइमा परेको देखिन्छ तै पनि  यहाँको स्थानीय सरकारले तथा यहाँका स्थानीय बासिन्दाले यस ढुङ्गाको बारेमा खासै चासो नदेखाएको अनि ब्यबस्थापन गर्न केही पनि प्रयास नभएको देखिएको  छ । पक्कै पनि सम्बन्धित निकायको यसमा ध्यान जान जरुरी देखिन्छ ।
 
भाग दौडको जिन्दगीमा केही समय भएपनि मानिसहरु प्रकृतिमा रमाउन चाहन्छन् । प्रकृतिले हामीलाई केही कुराहरु सुन्दर बनाएर दिएको छ भने केही कुराहरु हामी आँफैले नै सुन्दर बनाउन सक्छौँ ।
 
पछिल्लो समय मानिसहरुमा नयाँ नयाँ ठाँउ घुम्ने प्रचलन बढेको छ । भाग दौडको जिन्दगीमा केही समय भएपनि मानिसहरु प्रकृतिमा रमाउन चाहन्छन् । प्रकृतिले हामीलाई केही कुराहरु सुन्दर बनाएर दिएको छ भने केही कुराहरु हामी आँफैले नै सुन्दर बनाउन सक्छौँ । कलकल बगिरहेको नदि किनारका ढुङ्गाहरु खासै सुन्दर हुँदैनन् । तर मानिसले चाह्यो भने ती सुन्दरताविहिन ढुङ्गाहरुलाई सुन्दर बनाउन सक्छन् । त्यस्तै एउटा उदाहरण हो सुर्मा गाउँपालिकाको वडा नम्बर २मा पर्ने डोगडी बझाङको भ्या-ढुङ्गा ।
 
 
कसरी पुग्न सकिन्छ त भ्या- ढुङ्गा डोगडी बझाङमा ?
 
सदरमुकाम देखि रिठापाटा सुर्मा सडक हुँदै आधा घण्टा गाडिको यात्रा पश्चात् आउने पहाड को उक्त रमणीय स्थल जुन पर्यटनको प्रचुर सम्भावना बोकेको ठाउँ छ  जहाँ भ्या- ढुङ्गा ले सजिएको पहाड, केही सम्मो  भिरालो , माथि माथि हरियो बन, झट्ट हेर्दा मानव जीवनको सुरुवाती काग-ढुङ्गे युगको झझल्को दिने ढुङ्गाहरु, अनेक आकृति र आकार बुनेका सुन्दर  ढुङ्गा, कोही मुर्ति जस्तै ,कोही जनावर जस्ता, चन्द्रमा बाटा ल्याएका ढुङ्गा जस्ता, हेर्दा सबैको मन मोहित तुल्याउ छ।
 
भ्या- ढुङ्गाको धार्मिक किम्बदन्ति ?
 
भ्या- ढुङ्गा नजिक एक बिचित्रको खाना पकाएर खाएको चुलो प्रयोग गरेको ढुङ्गाको अलौकिक दृश्य पनि जस्ताको त्यस्तै प्रष्ट रूपमा देख्न सकिन्छ ।
 
परापुर्ब कालमा १६ बहिनी दुर्गा देबी मध्ये एक छिपिली, अनि तपिली सुर्मा देबीले हाल  बझाङ जिल्लाको छबिस पाथिभेरा गाउँपालिका ६ मा पर्ने बिसौना चौर तल रमणीय थलिजिउलोमा बुढो जोगिको भेसमा आएको भगवान एक महालिङ्ग संग जुवापासामा हार बेहोरेपछि केहि समय पश्चात दिदि दुर्गा र कान्छी बहिनी सुर्मा माता बिच विवाद उत्पन्न भएर आफ्नो आलि पाली लिएर (शिक आग्र ) शुर्मा ताल तिर प्रस्थान गर्ने क्रममा आफ्ना बलिया दानब रक्षक जुन एक भ्या- नाम गरेको दानबले आफ्नो शक्तिको रुपना ठुलो ढुङ्गोलाई पिठ्युँमा र सानो ढुङ्गालाई पिठ्युँको तल साहारा (स्थानीय भाषामा कण्ड्या) प्रयोग गरेर बोकेर ल्याएको तर  सो ढुङ्गा सुर्मा गाउँपालिकाको डोगडीमा ल्याई त्यसै नजिक बिहानको खाना पकाएर खाई यतै छोडेर ति भ्या भन्ने सुर्मा देबीको शक्तिशाली रक्षक सुर्मा माता संगै सुर्मा सरोबर गएको भम्ने किम्बदन्ति यहाँका बुढापाका बुद्धिजिबि स्थानीय श्री रंगलाल बोहराले  बताउँनुभयो
 
सो भ्या- ढुङ्गा नजिक एक बिचित्रको खाना पकाएर खाएको चुलो प्रयोग गरेको ढुङ्गाको अलौकिक दृश्य पनि जस्ताको त्यस्तै प्रष्ट रूपमा देख्न सकिन्छ । आजकाल त्यसै ढुङ्गाको नामले त्यस आसपासको क्षेत्रमा भ्या- ढुङ्गा टोलको नामले चर्चित रहेको  छ ।
 
भ्या- ढुङ्गा  पुगेर के-के गर्न सकिन्छ?
१. तिर्थयात्रा
भ्या-ढुङ्गामा पुगिसकेपछि डोगडी एरियाको सम्पुर्ण रमणीय फाँटहरु, अग्लो टाकुराबाट  (नेचुरल भ्यु- टावर) चौतर्फी रुपमा अन्तर हिर्दय देखि  अवलोकन गर्नुका साथै यस ढुङ्गाको शिखरमा एउटा मन्दिर निर्माण गरिएको छ सो मन्दिरमा भगवान् शिव पार्वतीको पुजा आजा गर्न सकिन्छ । सो पुजा आजा गर्नाले आफुले चिताएको  मनोआकाङ्क्षा पुरा हुने जन बिश्वास चलि आएको छ ।


मिन बहादुर मण्डेल
बझाङ
Email : mandelm414@gmail.com

(लेखक पेशाले शिक्षक हुनुहुन्छ । यसका साथै नेपाली कला र संस्कृतिकाे अनुसन्धानकर्ता समेत हुन्  र यस लेखापढीका नियमित स्तम्भकार समेत हुन।)


Please mail your creativity: lekhapadhimedia@gmail.com
50% LikesVS
50% Dislikes
Spread the love !
  • 259
  • 75
  •  
  •  
  • 23
  •  
  •  
  •  
  •  
  •  
  •  
    357
    Shares