काठमाडौं । भारतले अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको खोप बिहीबार काठमाडौं आइपुगेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई १० लाख डोज खोप हस्तान्तरण गरे ।
एअर इन्डियाको विमानमार्फत खोप आइपुगेको हो । कोभिसिल्ड खोप भारतको सेरम इन्स्टिच्युट अफ इन्डियाको उत्पादन हो ।
प्राप्त खोप टेकुस्थित स्वास्थ्य सेवा विभागमा भन्डारण गरिनेछ । स्वास्थ्य सेवा विभागबाट प्रत्येक प्रदेशको भन्डारण केन्द्रमा पठाइने जनाइएको छ ।