राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्ष बनि ठगि धन्दा गर्ने पक्राउ


राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्ष बनि ठगि धन्दा गर्ने पक्राउ

काठमाडौँ- काठमाडौंको चाबहिल बस्दै आएका ६० वर्षीय तुलसी थापालाई महानगरीय अपराध महाशाखाको टोलीले दरबारमार्गबाट पक्राउ गरेको हो । 
राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्ष हु भन्दै ठगि गर्ने तुलसी थापाको स्थायी घर संखुवासभाको पाँचखपन गाउँपालिका–५ खमारे रहेको बुझिन्छ ।

आफूलाई राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्ष भन्दै अमेरिका पठाइदिने भनेर ठगी गरेको आरोपमा पक्राउ परेका छन् । उहाले राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्ष भएको नक्कली परिचयपत्रसमेत बनाएको छ ।

प्रहरीका अनुसार थापाले आफू ‘अमेरिकामा हुने कार्यक्रममा जाँदा पाँच वर्षको मल्टिपल भिसा लगाई अमेरिका लैजान्छु’ भन्दै एकजनाबाट १५ लाख रुपैयाँ ठगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले उनीमाथि कानुनी प्रक्रिया अघि बढाएको छ । प्रहरीले थापाबाट कोही ठगिएको भए सम्पर्कमा आउनसमेत आग्रह गरेको छ ।