व्यवसायी गोपाल हमालद्वारा निःशुल्क रुपमा ‘महाप्रस्थान यान’ (शव वाहन) संचालन


[ss_social_share]
लेखक : लेखापढी      ८ माघ २०७७, बिहीबार २०:१३ मा प्रकाशित     
व्यवसायी गोपाल हमालद्वारा निःशुल्क रुपमा ‘महाप्रस्थान यान’ (शव वाहन) संचालन

 धनगढी- व्यवसायी गोपाल हमालले निःशुल्क रुपमा ‘महाप्रस्थान यान’ अर्थात् शव बाहन सञ्चालनमा ल्याउने भएका छन्। 

धनगढीमा पार्थिव शरीर (शव) बोक्ने वाहनको चरम अभाव र उपयुक्त बोक्ने वाहन नहुँदा शोकाकुल मृतकका आफन्तजनले भोग्दै आएको समस्यालाई मध्यनजर गरि अभियन्ता हमालले ‘महाप्रस्थान यान’को नाम दिएर सो वाहन सञ्चालनमा ल्याउने भएका हुन्।पार्थिव शरीरलाई सम्मानसहित दह संस्कारको लागि लैजान सो यानको व्यवस्था गर्न लागिएको हो।

विहिबार धनगढीमा पत्रकार सम्मेलन गर्दै अभियन्ता हमालले चालु आर्थिक वर्ष २०७७/२०७८ भित्रै निःशुल्क रुपमा सो यान सञ्चालनमा ल्याउने जानकारी दिए।

सो यानको लागत ३० लाख रुपैयाँ रहेको बताइएको छ। यानभित्र पार्थिव शरीर र किरिया पुत्री बस्न मिल्ने छुट्टाछुट्टै क्याबिन समेत रहने अभियन्ता हमालले बताए।

साथै यानको अगाडिको भागमा फूलमालासहित मृतकको फोटो राख्न मिल्ने व्यवस्था गरिने भएको छ।

सो यान धनगढी उपमहानगरपालिकास्थित मोहना नदी आर्यघाट र गोदावरी नदी आर्यघाटसम्म सञ्चालन हुने बताइएको छ। जसको व्यवस्थापनको जिम्मेवारी धनगढीका समाजसेवी शिद्धराज पनेरुलाई दिइएको छ।

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •