अमेरिकाको ४६ औँ राष्ट्रपतिको रुपमा बाइडनले आज पदभार ग्रहण गर्दै, सुरक्षा व्यवस्था कडा


[ss_social_share]
लेखक : लेखापढी      ७ माघ २०७७, बुधबार १०:३५ मा प्रकाशित     
अमेरिकाको ४६ औँ राष्ट्रपतिको रुपमा बाइडनले आज पदभार ग्रहण गर्दै, सुरक्षा व्यवस्था कडा

काठमाडौं : अमेरिकाको ४६ औँ राष्ट्रपतिको रुपमा निर्वाचित जो बाइडन र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसले आजदेखि शपथ ग्रहणसहित पदभार ग्रहण गर्ने भएका छन् ।

नेपाली समय अनुसार आज राति १० बजेर १५ मिनेटमा शपथ ग्रहण गरेपछि उनीहरुको कार्यकाल सुरु हुनेछ । अमेरिकामा २० जनवरीको दिन नवनिर्वाचित राष्ट्रपतिले शपथग्रहण लिने परम्परा छ। यो दिन निर्वाचित राष्ट्रपतिको स्वागत तथा निवर्तमान राष्ट्रपतिको बिदाइ गरिन्छ।  क्यापिटल हिलमा यसपटकको शपथ समारोह सामान्य हुनेछ।

उक्त समारोहमा बाइडेनले क्यापिटोलको खुड्किलामा पदीय शपथ लिदै व्हाइट हाउसको यात्रा गर्नुहुनेछ । तर सत्ता हस्तान्तरण समारोह आयोजना हुनुभन्दा दुई साता अघि मात्रै क्यापिटोलमै राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले आक्रमण गरेपछि बिगत झैं समारोह सामान्य तवरले समारोह आयोजना नहुने आँकलन गरिएको छ । उक्त आक्रमणमा पाँच जनाको मृत्यु भएको थियो ।
बीबीसीले कोभिड–१९ को बढ्दो सङ्क्रमण र ट्रम्प समर्थित कार्यकत्र्ताको आक्रमणको जोखिमका बीच शपथ समारोह हुने हुँदा अमेरिकी सुरक्षा निकायले तयारीमा कुनै कसर बाँकी नराख्ने जनाएको छ ।

समारोहका लागि सुरक्षाको चुस्त प्रबन्ध गरिँदैछ । गत् सातादेखि नै नेशनल गार्ड्स क्यापिटोल पुग्न सुरु गरिसकेका छन् । करिब २५ हजारको संख्या नेशनल गार्ड्स सुरक्षा दिनेछन् । डोनाल्ड ट्रम्प राष्ट्रपति पदको शपथ लिँदा करिब आठ हजार नेशनल गार्ड्स परिचालन गरिएको थियो ।

मञ्च नजिकको तस्विर समेत सार्वजनिक गरिएको छ । जस अनुसार समारोहस्थल नजिक एक सय वटा कुर्सी राखिएका छन् । उक्त आसन विशिष्ट अतिथिका लागि हुनेछन् । सामाजिक दूरीको पालना हुने गरी कुर्सीलाई अलग्याइएका छ । अतिथिले समारोहस्थल प्रबेश गर्नु ठीक अघि कोभिड–१९ को रिपोर्ट निगेटिभ भएको हुनुपर्ने र फेस मास्क अनिवार्य लगाएको हुनुपर्ने मापदण्ड तय गरिएको छ ।

नेशनल मल अगाडि बढी संख्यामा समर्थक हुने छैनन् । यसअघि सन् २००९ मा बराक ओबामाले राष्ट्रपति पदको शपथ लिँदा मल अगाडि करिब २० लाख समर्थक जमा भएका थिए ।

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •