प्रतिनिधिसभा विघटन मुद्दाः सुनुवाई बिहिबार पनि जारी रहने (के हुँदैछ)


[ss_social_share]
लेखक : लेखापढी      ७ माघ २०७७, बुधबार १८:५२ मा प्रकाशित     
प्रतिनिधिसभा विघटन मुद्दाः सुनुवाई बिहिबार पनि जारी रहने (के हुँदैछ)

प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी मंगलबारको सुनुवाइ सकिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित न्यायाधीसहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनीलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको इजलासमा भइरहेको सुनुवाइमा बुधबार रिट निवेदकका तर्फबाट विभिन्न कानुन व्यवसायीले बहस गरेका छन्।

बुधबार वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, अधिवक्ताहरु अनिता जोशी मानन्धर, कञ्चनकृष्ण न्यौपाने, नवराज पाण्डे, झलकुमारी विश्वकर्मा लगायतले बहस गरेका थिए।  

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा बहस भइरहँदा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले लगातार उठाइरहेको प्रश्न हो – बहुमतको प्रधानमन्त्रीले संसद विघटन गर्न किन पाउँदैन ?  प्रधानन्यायाधीश चोलेन्द्र राणाले ७६(२) अनुसार संसदका दलहरू मिलेर बनेको सरकारका प्रधानमन्त्रीले समर्थन गुमाएभने पनि संसद विघटन गर्न पाउँछन् कि पाउँदैनन् भनेर सोधेका थिए ।

त्यसपछिको बहस इजलासको टुंगो लगाउन केन्द्रित भएकाले केपी ओली नेतृत्वको सरकार धारा ७६ को उपधारा (१) अनुसारको हो वा (२) अनुसारको भन्ने प्रसंग इजलासमा नियमित उठिरहेको छ । 

प्रतिनिधि सभा विघटनको मुद्दामा सुनुवाइ गरिरहको सर्वोच्च अदातलको संवैधानिक इजलासका न्यायाधीशले कसैको भाषणले आफूहरू प्रभावित नहुने बताएका छन्।

सुनुवाई बिहिबार पनि जारी रहनेछ।

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •