देउवालाई प्रधानमन्त्री स्वीकार्न तयार छु : प्रचण्ड


[ss_social_share]
लेखक : लेखापढी      ७ माघ २०७७, बुधबार १५:१९ मा प्रकाशित     
देउवालाई प्रधानमन्त्री स्वीकार्न तयार छु : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी प्रधानमन्त्रीको रुपमा कांग्रेस सभापति शेरबहादुर देउवालाई स्वीकार गर्ने बताएका छन् ।

संविधान बचाउने, प्रणाली बचाउने र जनतालाई स्थायित्व र विकास दिने सर्तमा देउवा वा देउवाले भनेको अन्य कुनै व्यक्तिलाई प्रधानन्त्री बनाउन आफू तयार रहेको प्रचण्डको भनाइ छ।

प्रचण्डले अघि भने, ‘यो शान्तिप्रक्रियाको पहिलो अपिलकर्ता म र शेरबहादुर देउवा जी नै हो । त्यो नाताले पनि एउटा केही न केही सम्बन्ध छ । संविधान बचाउने, प्रणाली बचाउने र जनतालाई स्थायित्व र विकास दिने सर्तमा म उहाँलाई प्रधानमन्त्री वा उहाँले कोही भन्नुहुन्छ भने त्यसलाई पनि मान्न मलाई केही आपत्ती छैन ।’

प्राइम टाइम्स टेलिभिजनमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रचण्डले भने, ‘शेरबहादुर देउवा जी अहिले नेपाली कांग्रेसको सभापतिको हैसियतले, त्यसको दलको नेताको हैसियतले उहाँलाई प्रधानमन्त्री स्वीकार्न मलाई केही अप्ठ्यारो छैन । हिजो पनि मैले सहमति गरेर उहाँलाई प्रधानमन्त्री स्वीकारेको हो । उहाँले भनेकै अनुसार, समझदारी अनुसार समयमा नै उहाँलाई प्रधानमन्त्री बनाएको पनि हो ।’

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •