चिनियाँ अर्बपति ज्याक मा तीन महिनापछि सार्वजनिक कार्यक्रममा देखिए


[ss_social_share]
लेखक : लेखापढी      ७ माघ २०७७, बुधबार ११:१० मा प्रकाशित     
चिनियाँ अर्बपति ज्याक मा तीन महिनापछि सार्वजनिक कार्यक्रममा देखिए

गत अक्टोबरदेखि सार्वजनिक रूपमा नदेखिएका चिनियाँ अर्बपति ज्याक मा झन्डै तीन महिनापछि सार्वजनिक रूपमा देखिएका छन् ।  बुधबार एउटा भिडिओ कन्फरेन्समा चिनियाँ अर्बपति ज्याक मा देखिएको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन्।

अलिबाबाका संस्थापकसमेत रहेका  चिनियाँ अर्बपति ज्याक मा करिब ३ महिनादेखि सार्वजनिक रुपमा देखा परेका थिएनन । 

उनी आफ्नै टेलिभिजन ट्यालेन्ट सो, अफ्रिका बिजनेस हिरोजको अन्तिम एपिसोडमा पनि देखिएनन् । उक्त कार्यक्रममा मा जजको भूमिकामा देखिने कार्यक्रम थियो । उनको स्थानमा अलिबाबाका कार्यकारीले भाग लिएका थिए । लामो समय उनी सार्वजनिक मञ्चमा नदेखिएपछि चिनियाँ सरकारले नै उनलाई बेपत्ता पारेको हुन सक्ने आशंका गरिएका समाचार समेत प्रकाशित भएका थिए ।

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •