नेपाल कृषि विकास बैंकले आजबाट किसान क्रेडिट कार्ड र किसान एप शुभारम्भ गरेको छ । कृषि विकास बैंकको ५४ औं वाषिर्कोत्सवको अवसरमा बुधबार अर्थमन्त्री विष्णु पौडेलले किसान क्रेडिट कार्ड र एपको शुभारम्भ गरेका हुन् ।
किसान क्रेडिट कार्ड हाल सर्वसाधारणले प्रयोग गरिरहेको एटीएम र भिसा कार्डकै आकारमा आउनेछ । किसान क्रेडिट कार्ड क्युआर कोडमा आधारित हुन्छ । एटीएम र भिसा कार्डमा जस्तो चिप्समा चल्दैन । बैङ्कले नगद भुक्तानी प्रदायकहरु (मर्चेन्ट) गाउँ गाउँमा खडा गर्छ र सोहीमार्फत किसानले कृषिका लागि चाहिएको बेला नगद लिन सक्ने व्यवस्था किसान क्रेडिट कार्डमा हुनेछ ।
किसान एपलाई खोल्न, पढ्न तथा आˆनोबारे केही जानकारी थप गर्न किसानलाई बैंकले युजर आईडी र पासवर्ड उपलब्ध गराउँछ । किसान एप सञ्चालनको प्रक्रिया किसानले कम्तिमा एउटा मोबाइल बोकेका हुन्छन् भन्ने अवधारणामा निर्माण गरिएको बैंकले जनाएको छ ।
किसान क्रेडिट कार्ड क्युआर कोडमा आधारित हुन्छ । यो एटीएम बुथमा भने चल्दैन ।
कृषि सामाग्री, मल खाद्य, मेसिनरी बिक्री गर्ने सप्लायर्स कृषि बिकास बैङ्कको मर्चेन्ट (एजेन्ट) हुन्छ । उनीहरुले कार्डमा क्युआर कोड राखिएको हुन्छ सो क्युआर कोड स्क्यान गरेर भुक्तानी लिनसक्छन् ।
कृषि उत्पादनको समग्र चक्रसहित किसानलाई बजार र कृषिसँग सम्बन्धित सबै निकायसँग जोड्ने सुविधासहितको सफ्टवेयर नै किसान क्रेडिट कार्डको विशेषता हो ।