काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. भोला थापा नियुक्त


काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. भोला थापा नियुक्त

काठमाडौं । काठमाडौ विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. भोला थापा नियुक्त हुनुभएको छ ।

विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आज उहाँलाई उपकुलपति नियुक्त गर्नुभएको हो । शिक्षामन्त्री एवं विश्वविद्यालयका सहकुलपति कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा गठित तीन सदस्यीय सर्च कमिटीले गरेको सिफारिसको आधारमा उहाँलाई उपकुलपति नियुक्त गरेको हो ।

उपकुलपति छनोट गर्न गठित समितिले डा. रामकण्ठ मकाजू, प्रा. डा. भोला थापा र प्रा. डा. बालचन्द्र लुइँटेलको नाम सिफारिस गरेको थियो ।

पेशामा मेकानिकल इन्जिनियर उपकुलपति प्राडा थापाले नर्वेमा नेपालको हाइड्रोपावर डेभलपमेन्टमा विद्यावारिधी गरेका हुन् । थापाले विश्वविद्यालयको शैक्षिक उन्नयनमा आफु लागि पर्ने र हाल देखिएका समस्या समाधान गर्न आफु हर सम्भव लागि पर्ने बताउदै त्यसको लागि पुर्व उपकुलपति, प्राध्यापक संघ लगायतसंग सहकार्य गरी अघि बढ्ने बताए ।

मन्त्री श्रेष्ठको अध्यक्षतामा गठित समितिमा ४४ जनाले उपकुलपति हुन आवेदन दिएका थिए ।