नक्कली पीसीआर रिपोर्ट बनाई दुबई जान खोज्ने पक्रिए


[ss_social_share]
लेखक : लेखापढी      ७ माघ २०७७, बुधबार १४:३६ मा प्रकाशित     
नक्कली पीसीआर रिपोर्ट बनाई दुबई जान खोज्ने पक्रिए

काठमाडौं । नक्कली पीसीआर रिपोर्ट बनाई दुबई जान खोज्ने एकजना पक्राउ परेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई जान खोज्ने राहदानी नम्बर १०३६९९०८ वाहक बाराको बारागढी–५, घर भएका सुदीप चौधरीलाई हेम्स अस्पतालको नक्कली पीसीआर रिपोर्टसहित प्रहरीले पक्राउ गरेको हो ।

फ्लाई दुबईको उडानद्वारा काठमाडौंबाट दुबई जान लागेको अवस्थामा पीसीआर रिपोर्ट नक्कली भएको खुलेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

अहिले अन्य मुलुकहरुमा समेत नक्कली पिसिआर बनाई यात्रा गर्न खोज्नेहरु पक्राउ परिरहेका छन् |

50% LikesVS
50% Dislikes
Spread the love !
  • 50
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    50
    Shares