आईपीओमा नयाँ रेकर्ड: इन्फ्रास्ट्रक्चर बैंकमा १५ लाख बढीको आवेदन


आईपीओमा नयाँ रेकर्ड: इन्फ्रास्ट्रक्चर बैंकमा १५ लाख बढीको आवेदन

सर्वसाधारणलाई निष्काशन गरिने प्राथमिक शेयर (आईपीओ) आवेदन गर्नेको संख्यामा नयाँ रेकर्ड कायम भएको छ । मंगलबार साँझसम्ममा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (NIFRA) को आईपीओमा १५ लाख २९ हजार ४६० ले १८ करोड १२ लाख ८६ हजार ७२० कित्ताका लागि आवेदन दिएका छन् ।

यस यस अघि चन्द्रगिरी हिल्सको आईपीओमा साढे १२ लाख भन्दा बढीको आवेदन परेको थियो ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा १५ लाख २९ हजार ४६० वटा आवेदनबाट १८ करोड १२ लाख ८६ हजार ७२० कित्ताको लागि १८ अर्ब १२ करोड ८६ लाख रुपैयाँ बराबरको आवेदन परेको हो ।

मंगलबार सिडिएससीले  बैंकको आईपीओमा आवेदन गर्ने समय १ घन्टा थप गरेर ६ बजेसम्म पुर्याएकाे मेरो शेयरमा प्राविधिक समस्या देखिएपछि सिडिएससीले समय थपेको हो ।

बैंकले ८ अर्ब रूपैयाँ बराबरको ८ करोड कित्ता सेयर प्रारम्भिक निष्कासनको बिक्री शुक्रबारबाट थालेको थियो, बैंकले ठुलो संख्यामा शेयर निष्काशन गरेकोले आईपीओमा आवेदन गर्ने सबैले शेयर पाउने पक्का छ ।