रूकुम पश्चिम राडी बजारमा कांग्रेस र नेकपा निकट युवाबीच झडपः प्रहरीद्वारा हवाइ फायरिङ


रूकुम पश्चिम राडी बजारमा कांग्रेस र नेकपा निकट युवाबीच झडपः प्रहरीद्वारा हवाइ फायरिङ

रुकुम पश्चिमा आठबीसकोट नगरपालिकास्थित राडी बजारमा स्थानीय युवाहरुबीच भएको विवादले ठूलो रुप लिन थालेपछि प्रहरीले हवाइ फायर गरेको छ।

 बजारमा सोमबार बेलुकीदेखि नेकपाको दाहाल–नेपाल समूह र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भइरहेको हाे । सामान्य विषयमा सुरु भएको विवादले ठूलो रुप लिन थालेपछि प्रहरीले नियन्त्रणमा लिन हवाइ फायर गरेको हो।

बिहानदेखि पटकपटक झडप भएपछि प्रहरीले २ राउन्ड एसएलआर र ७ राउण्ड थ्री नट थ्री राइफलबाट गरी ९ राउन्ड हवाई फायर गरेको छ भने १ राउन्ड अश्रु ग्यास प्रहार गरेको छ । स्थिति नियन्त्रणमा लिनका लागि सुरक्षाकर्मीको टोली आठबीसकोट गइरहेको छ ।

मंगलबार बिहानबाट भने अवस्था तानावग्रस्त बनेको हो । दुवै पक्ष छलफलका लागि इलाका प्रहरी कार्यालयमा पुगेका बेला झडपको अवस्था आएको हो । एक पक्षले अर्को पक्षलाई आक्रमण गरेपछि अर्को पक्षले बजारका मान्छेहरु उठाएर वातावरण थप बिग्रेको प्रहरीले जनाएको छ ।

घटनाका विषयमा छानविन गर्न सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा छानविन समिति समेत गठन गरिएको डिएसपी श्रेष्ठले बताए । घटनास्थलमा थप प्रहरी परिचालन गरिएको छ ।