प्रतिनिधिसभा विघटन मुद्दा हेर्दाहेर्दैमा, बुधबार (भाेलि) फेरि सुनुवाइ हुने


[ss_social_share]
लेखक : लेखापढी      ६ माघ २०७७, मंगलवार १७:५३ मा प्रकाशित     
प्रतिनिधिसभा विघटन मुद्दा हेर्दाहेर्दैमा, बुधबार (भाेलि) फेरि सुनुवाइ हुने

सर्वोच्च अदालतको संवैधानिक इजलासमा परेका प्रतिनिधि सभा विघटनविरूद्ध मुद्दाको बहस भोलिका लागि सरेको छ। भोलि फेरि सुनुवाइ हुने गरी उक्त मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।

आइतबारदेखि निरन्तर बहस भइरहेको उक्त मुद्दामा पाँच अधिवक्ताले बहस गरेका थिए। रिट निवेदकका तर्फबाट अधिवक्ता शिवकुमार यादवले पहिलो बहस गरेका थिए।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको इजलासमा सुनुवाइ भइरहेकाे छ। मंगलबार पनि निवेदकतर्फका कानुन व्यवसायीले बहस गरे । 

मंगलबार कानुन व्यवसायीहरू शिवकुमार यादव, शेरबहादुर ढुंगाना, हर्कबहादुर रावल र रुद्र शर्माले बहस गरे । 

सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी बहसमा अधिवक्ताहरूले इजलासको प्रश्नहरूको सामना गरिरहेका छन् । 
सो क्रममा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले धारा ७६ (१) को बाहेक सरकार बन्ने अवस्था नदेखिएको र संसद्‌ले सरकार बनाउन नसक्ने अवस्थामा संसद् विघटन हुन सक्छ ? भन्दै प्रश्न गरेका छन् ।

जवाफमा मंगलबार बहसका क्रममा अधिवक्ता रूद्र शर्माले धारा ७६ (१) को प्रधानमन्त्रीले विघटनको धारा प्रयोग गर्न नसक्ने बताए । धारा ७६ (७) को प्रयोग धारा ७६ (५) को प्रधानमन्त्रीले मात्र गर्न नसक्ने भन्दै अहिलेको सरकारले विघटनको सिफारिस नै गर्न नसक्ने जिकिर गरे । उनले अहिले संसदबाट सरकार बन्न नसक्ने अवस्था नभएको पनि बताए ।

गत पुस ५ गते सरकारको सिफारिशमा राष्ट्रपति विद्या भण्डारीले   प्रतिनिधिसभा विघटन गरी वैशाख १७ र २७ गतेका लागि मध्यावधि  निर्वाचन घोषणा गरेकी थिइन् ।

 

 

50% LikesVS
50% Dislikes
Spread the love !
  • 10
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    10
    Shares