समाजसेवा मानबताका लागि गरिरहेको छु, आवाजबिहिनहरुको आवाज उठाउनु मेराे जिम्मेवारी हो ।


समाजसेवा मानबताका लागि गरिरहेको छु, आवाजबिहिनहरुको आवाज उठाउनु मेराे जिम्मेवारी हो ।

र्लाहीको कविलासी नगरपालिका निवासी सरोज रायले तराई, मधेश, पहाड र हिमाललाई एकताको सुत्रमा बाधिरहनुभएको छ । सामाजिक अभियन्ता, समाजसेवी एवम् समाज परिवर्तनका एक सम्वाहक रायसँग सहयोग, उद्धार र सामाजिक जिम्मेवारीका वास्तविक कथाहरू निकै जोडिएका छन् । कतिलाई सक्ने सहयोग गरिसकेका छन् भने कसैको सहयोगको लागि काम गरिरहेका छन् । तीमध्ये कतिपय घटनालाई उनले सामाजिक दायित्वका कारण सार्वजनिक गर्न चाहँदैनन् पनि । समाजसेवी सरोज राय हिमाल, पहाड, तराइ मधेशलाइ एकताको शुत्रमा बाँधी नेपालमा समाजसेवा त गरिरहकै छन् भने उनकै पहलमा भारतबाट धेरै बालबालिका, महिलाहरू उद्धार गरिएका छन् र विदेशबाट समेत नेपालीहरूलाइ उद्धार गरिरहेका छन् । उनले विदेशमा मृत्युदण्ड समेत सुनाइएकाहरूलाइ समेत नेपाल फर्काउन सफल भएका छन् ।

आज सामाजिक अभियन्ता  एवम् समाजसेवी रायसँग  Our Stories कार्यक्रमका लागि लेखापढी डटकमले लिएको अन्तर्वार्ताकाे सम्पादित अंश

 

लेखापढी: नमस्कार! कति व्यस्त हुनुहुन्छ आजभोली ?
सरोज राय : नमस्कार, हाल दुई वटा सामाजिक अभियानमा ब्यस्त छु साथै केहि राजनैतिक बिषयमा रहेको छु ।
झन यस्तो बेला प्रधानमन्त्रीले संसद बिघटन गरेको बेला पुरा देश नै अस्तव्यस्त भएको छ, यस्तो बेलामा देशको नागरिक भएको नाताले त्यहाँ पनि बोल्न आबश्यक रहेको छ र त्यहि कारण हामी नागरिक समाज, काठमाडौँमा निरन्तर उक्त बिषयबस्तु उठाइरहेका छौ ।

लेखापढी: सरोज जी तपाई त ८-१० बर्ष देखि निरन्तर सामाजिक क्षेत्रमा आबद्द हुनुहुन्छ, हामीलाई तपाईंको व्यक्तिगत बिषय, सुरुवाती समय र संघर्षका बारेमा बताईदिनुहोस न ।

सरोज राय: मा आई.टी. को बिद्यार्थी हो । बिगतमा काठमाडौँ, नयाँ बानेश्वरमा एउटा रेस्टुरेन्ट व्यवसायमा पनि संग्लग्न थिए । त्यहि समयमा मधेश आन्दोलन चलिरहेको थियो, उक्त आन्दोलनमा सर्बसाधारण जनता घाइते भएका अनि गोलि लागेर शहिद भएका थिए ।

मधेशमा गरिबी, त्यस माथि घरको सदश्य गुमाउदाको पिडा साथै आर्थिक समस्याले दयनीय अबस्था देखे । एउटा अधिकारको लागि शहिद हुने व्यक्तिहरुलाई सहयोग गर्न मन लाग्यो ।

ति घाइते र शहिद हुनेमा ठुलो संख्या गरिब सर्बसाधारण जनता मात्र थिए । उक्त समयमा म उहाँहरुको घर-घरमा पुगे, एक करुणादायी अबस्था थियो । मधेशमा गरिबी, त्यस माथि घरको सदश्य गुमाउदाको पिडा साथै आर्थिक समस्याले दयनीय अबस्था देखे । एउटा अधिकारको लागि शहिद हुने व्यक्तिहरुलाई सहयोग गर्न मन लाग्यो ।

 

Remarkable Talk with @Saroj Ray

लेखापढी : अनि तपाईले  के कसरि सहयोग अभियान अगाडी बढाउनु भयो?

हामी सामाजिक संजालमा कुरा काटेर बस्नु भन्दा सानो भए नि आर्थिक सहयोग वा आबश्यक सामग्री सहयोग गर्ने अभियान थालनी गर्यौ ।

सरोज राय : मधेश आन्दोलनले गर्दा असहाय,गरिब सर्बसाधारणहरुको पिडा देखेर मानबीय रुपमा आफूले गर्न सक्ने सहयोगको लागि म तयार भए र सामाजिक कार्यमा लागे । हामी सामाजिक सञ्जालमा कुरा काटेर बस्नु भन्दा सानो भए नि आर्थिक सहयोग वा आबश्यक सामग्री सहयोग गर्ने अभियान थालनी गर्यौ ।

एउटा नागरिकको रुपमा जिम्मेवारी बोध गरि देश, बिदेशमा रहेका संघ- संस्थाबाट सहयोग जुटायौ । त्यसरी मेरो सामाजिक सेवामा सक्रिय भुमिकाको सुरुवात भयो ।

लेखापढी: तपाईले सहयोग कुन व्यक्ति वा संस्थाबाट पाउनु भयो?

त्यस पछी हामीले सप्तरीमा बाढी पिडितलाई सहयोग गर्ने अभियान गर्यौ र निरन्तर रुपमा आगलागी पिडितलाई सहयोग गर्दै, राहत वितरण गर्न पहाडी जिल्ला स्यांजा,गुल्मी, सिन्धुली लगायत तराईका ४-५ जिल्लामा म पुगेको थिए ।

सरोज राय: पहिलो सहयोग जनकपुरका दिबेश गिरिज्युले हामीलाई ब्लांकेट सहयोग गरेका थिए जुन हामीले जनकपुरमा वितरण गरेका थियौ । यसरि हाम्रो अभियान सुरु भयो । दिबेश गिरिज्युको अभियानमा हामी सक्रिय भएर लाग्यौ । काठमाडौँमा मेरो रेस्टुरेन्ट ब्यबसाय र म संग गाडीहरु थिए अनि हामीले काठमाडौँबाट समान लिएर जनकपुरमा वितरण गर्यौ ।

त्यस पछी हामीले सप्तरीमा बाढी पिडितलाई सहयोग गर्ने अभियान गर्यौ र निरन्तर रुपमा आगलागी पिडितलाई सहयोग गर्दै, राहत वितरण गर्न पहाडी जिल्ला स्यांजा,गुल्मी, सिन्धुली लगायत तराईका ४-५ जिल्लामा म पुगेको थिए ।

लेखापढी: तपाईले बिदेशमा रहेका नेपालीलाई समेत उद्दार गरेको सुनिन्छ, केहि बताईदिनुस न ।
सरोज राय: साउदीमा एक जना नेपालीको शब ३ महिना देखि नेपाल ल्याउन नसकेको घटना थियो । तराई धनुषाको व्यक्ति थियो, म केहि सामाजिक कार्यमा लागेको देखेर ति परिवारका व्यक्तिले सम्पर्क गरे । त्यसपछि मैले पहल गरेर शब् नेपाल ल्याए र उहाको बिमा रकम सबै दिलाए । त्यो केसले मलाई झन् चिन्न थाले । मलाई सम्पर्क गरेर आफ्नो समस्या, पिडा भन्न थाले, मैले सकेको सहयोग गर्न थाले ।

बैदेशिक रोजगारमा गएका नेपालीहरुका धेरै समस्या रहेका छन् ।

लेखापढी: सरोज जी, बिदेशमा रहेका नेपाली उद्दार गर्न तपाई साउदी पुग्नुभएको थियो साथै पाकिस्तान समेत जानुभयो, कसरि सम्भब भयो ?


सरोज राय:  
हजुर एक जना भाई ‘उमेश यादब‘ धनुषाको, जसलाई साउदीमा मुर्त्युदण्ड दिईएको थियो । उहाँले आफ्नै साथी संग झगडा हुँदा चोट लागि केहि दिन पछी अस्पतालमा मृत्यु भयो । त्यसपश्च्यात मैले आफ्नो तरिकाले समस्या समाधान गर्न खोजे, उमेश यादबको परिवार संग भेट गरे, खासमा त्यो हत्या नभई आपसी झगडा हुँदा चोटका कारण मृत्यु भएको थियो । जसको सजाय उसले १४ बर्ष साउदी जेलमा बसेर पाईसकेको थियो ।

मैले ३ पटक पाकिस्तान पुगेर उक्त परिवारलाई सम्झाए, माफी दिन धेरै प्रयास गरे । 

पक्कै पनि पाकिस्तानी परिवारलाई एक जना आफन्त गुमाउदा पिडा थियो । मैले ३ पटक पाकिस्तान पुगेर उक्त परिवारलाई सम्झाए, माफी दिन धेरै प्रयास गरे । 
उमेश यादबलाई मृत्युदण्ड सुनाउने वकिल लाइ भेटे ।

लेखापढी: तपाईलाई साउदीको कानून बारे कसरि थाहा भयो ? साउदीको कानून त धेरै कठोर छ भन्ने सुनिन्छ ?
सरोज राय:
म यो केसमा धेरै अध्ययन गरेको थिए, गुगल मार्फत साउदी कानून अध्ययन गरे । उमेश यादबको केसमा हरब्बा  लगाएको थियो। हरब्बा साउदी कानूनको एउटा धारा हो । त्यहाँको कानून अनुसार हरब्बामा प्राइभेट अधिकार (Private Right) हुदैन । मैले १४ बर्ष पछी यो केसमा माफी दिन अपिल गर्दा कानून अनुसार धेरै ढिला भएको थियो ।   

म नै पहिलो व्यक्ति हो जसले पाकिस्तान गएर उक्त परिवार खोजि माफिनामा बनाउन कन्भेन्स गरे । त्यो एक ऐतिहासिक केस पनि मान्न सकिन्छ ।

मैले जज संग धेरै कुरा गरे । उनीहरुको कानून अध्ययन गर्दा अर्को कानूनी धारा हुन्छ ‘किजाज’। उक्त केस लाई हरब्बाबाट किजाजमा झारे, जहाँ प्राइभेट अधिकार (Private Right) हुन्छ । किजाज अनुसार पाकिस्तानी परिवारले गरेको माफिनामा अधिकार प्रयोग गरेर उमेश यादबलाई छुटाउन सफल भए ।
म नै पहिलो व्यक्ति हो जसले पाकिस्तान गएर उक्त परिवार खोजि माफिनामा बनाउन कन्भेन्स गरे । त्यो एक ऐतिहासिक केस पनि मान्न सकिन्छ ।

लेखापढी: यस्ता अन्य धेरै नेपालीहरु बिदेशी जेलमा रहेका छन्, के त्यो तर्फ तपाईले कदम चाल्दै हुनुहुन्छ ?
सरोज राय:
हजुर, तत्काल अन्य २ जनाको लागि म पहल गरिरहेको छु । एक जना विवेक दाहाल उदयपुर जिल्लाको हो । उहाँको केस पनि उमेश यादब जस्तै छ । विवेक पनि आफ्नै नेपाली साथीसंग झगडा हुँदा साथी मरेको घटनामा मृत्युदण्डको अभियोगमा जेल हुनुहुन्छ । 

अर्को दामोदर क्षेत्री, बुटवलको हुनुहुन्छ । उहाँको केसमा गाडी दुर्घटना हुदा अर्को गाडीमा रहेको पाकिस्तानीको मृत्यु भयो साथै अर्को गाडी को क्षतिपूर्ति २५ लाख रुपैया (७९ हजार साउदी रियाल) माग गरेको छ, जुन रकम दिन सक्यो भने नेपाल फर्किन सक्छ ।

लेखापढी: सधै सामाजिक अभियन्ताले मात्र कहिले सम्म आर्थिक संकलन गर्ने ? बाढी पिडित, आगलागी, चिसोमा न्यानो कपडा जस्ता सहयोग तपाई जस्ता अभियन्ताले मात्र गर्ने भए सरकारको जिम्मेवारी के?
सरोज राय: तपाईले राम्रो प्रश्न गर्नु भयो । इमान्दारीपुर्बक राज्यले आफ्नो दायित्त्व निर्बाह नगरेकोले हामी जस्ता अभियन्ताको आबश्यक परेको हो सरकारलाई दबाब दिन ।

मैले नेपाली दाजुभाई संग सहयोगको आव्हान गर्यो भने उक्त पैसा केहि दिनमै संकलन त हुन्छ तर हाम्रो राज्य वा सरकारको जिम्मेवारी खोइ ?

मैले पनि यो केसमा कुनै संस्था वा नेपाली दाजुभाईहरुबाट सहयोग मागेर नेपाल फर्काउने आर्थिक अभियान नगर्ने योजनामा छु । मैले नेपाली दाजुभाई संग सहयोगको आव्हान गर्यो भने उक्त पैसा केहि दिनमै संकलन त हुन्छ तर हाम्रो राज्य वा सरकारको जिम्मेवारी खोइ ? आफ्नो नागरिक प्रति सरकारको दायित्त्व हुनुपर्छ, यस्ता कार्यमा सरकारले चासो देखाउनु पर्छ ।

लेखापढी:  बैदेसिक रोजगारमा रहेका नेपालहरुलाई सहयोग गर्ने सरकारी निकाय कुन हो वा निकाय नै छैन ?
सरोज राय:
मैले बुझ्दै जादा सरकारले एउटा निकाय बनाएको छ । ‘रोजगार बोर्ड’ सरकारी निकाय हो जसले बैदेसिक रोजगारमा रहेका नेपालीहरुलाइ सहयोग गर्नुपर्छ । उक्त निकायको खातामा अरबौ रुपैया रहेको छ । 

हरेक नेपाली विदेश रोजगारी गर्न जादा करिब ३३ सय रुपैया कर तिरेको हुन्छ, जुन पैसा बिदेसमा रहेका नेपालीहरुलाई आबश्यक पर्दा सरकारले खर्च गर्नु पर्ने हुन्छ । उक्त पैसा सरकारले जम्मा गरेको वा अन्य राजश्व संकलन बाफतको पैसा होइन । त्यो पैसा कामदारको पैसा हो जहाँ प्रस्ट भनिएको छ- नेपाली श्रमिकहरुलाई समस्या परेको बेला उपयोग हुनेछ तर भएको छैन ।

हरेक नेपाली विदेश रोजगारी गर्न जादा करिब ३३ सय रुपैया कर तिरेको हुन्छ, जुन पैसा बिदेसमा रहेका नेपालीहरुलाई आबश्यक पर्दा सरकारले खर्च गर्नु पर्ने हुन्छ ।

दामोदर क्षेत्रीको केसमा म रोजगार बोर्ड पनि पुगे, त्यहा निर्देशक राजन श्रेष्ठ जी हुनुहुन्छ उहा संग कुरा गरे, उहा भन्नुहुन्छ ऐन-कानून छैन, नियम छैन ।
मैले भने- नियम नभई रोजगार बोर्ड कसरि चल्छ ? ऐन-कानून, नियम त बनाउने हो, परिस्थिति हेरेर नयाँ नियम बनाउनु पर्छ । 
रोजगार बोर्डले कामदारलाई सहयोग गर्न वा वकिल राख्न उहाहरु १५ लाख सम्म उपलब्ध गराउन सक्छ, यो राम्रो कुरा हो, मा धन्यबाद दिन चाहन्छु सरकारलाई । 
तर त्यति मात्रले पनि पुग्दैन यदि कुनै पनि नेपालीलाई अन्य पैसाको आवश्यता पर्छ वा पहलको जरुरत पर्छ भने त्यो राज्यले गर्नुपर्छ । 
दामोदर क्षेत्रीको परिवारबाट बारम्बार मलाई सम्पर्क गर्दै दाई हामी आर्थिक संकलनको अभियान चलाउनु पर्छ भन्नु हुन्छ, परिवार पिडामा छ किनभने सरकारले पैसा दिन सक्दैन भन्नुहुन्छ।

नेपाली सहयोगी मनहरुले जहाँबाट पनि २५ लाख सहयोग जम्मा गर्न सक्छ, मलाइ बिश्वास छ नेपाली एकताप्रति तर मैले सरकारको जिम्मेवारी हुनुपर्छ भनेको छु । आज १-२ जनालाई नेपाल जनताले आर्थिक सहयोग गर्लान तर यस्तो कहिले सम्म ? भोलि कुनै अरु नेपालीहरुलाई समस्या पर्न सक्छ ।

रोगजार बोर्डमा भएको करोडौ रकम प्रयोग हुनु पर्छ, अहिले त प्रदेश सरकार छ, मुख्यमन्त्रीज्यूहरूसंग राहत कोष हुन्छ, उहाँहरुले चाह्यो भने सजिलै सहयोग गर्न सक्नु हुन्छ ।

प्रदेश न.- २ का मुख्यमन्त्रीलाई हामीले देखिरहेका छौ उहाले विभिन्न सहयोग गर्दै आउनुभएको छ।

दामोदर क्षेत्री प्रदेश-५ को हुनु हुन्छ, त्यहाका मुख्यमन्त्रीले ५ लाख सहयोग दिने कुरा छ, यस्तै प्रधानमन्त्री राहत कोष छ, उहाले चाह्यो भने त्यहाबाट पनि हुन्छ तर हामीले भनेको केहो भने पटक-पटक विभिन्न निकाय धाउनु भन्दा सरकारले गठन गरेको ‘रोजगार बोर्ड’ बाट यो काम होस, किन हामी सबै निकायमा पुग्ने?

लेखापढी:  साउदिबाट उमेश यादबलाई उद्दार गर्दा र अहिले को समयमा केहि भिन्नता छ ? उक्त समयमा राज्यको काम गर्ने शैली, सहयोग र अहिलेको अबस्था बारे बताईदिनुहोस न ?
सरोज राय: उमेश यादबको केशमा सिंहदरबार जादा मेरो सार्वजनिक परिचय थिएन, सरोज राय को हो थाहा थिएन तर उक्त केसको सफलता पश्च्यात हरेक मन्त्रालय, बिभाग वा कन्सुलरहरुबाट राम्रो सहयोग, बिस्वास र सौहार्द्रपूर्ण वातावरण निर्माण भएको छ । 
राजदुताबासमा पहिले राम्रो रेस्पोन्स हुन्थेन अहिले एउटा पहिचान स्थापित भएको छ र काम गर्न सहग भएको छ ।

लेखापढी: कोरोनाको कहर ६-७ महिना कस्तो रह्यो सरोज जी ?
सरोज राय:
कोरोना, लकडाउनको समयमा मा निकै व्यस्त रहे। उक्त समयमा म जनकपुरमा थिए । स्थानिय, सर्बसाधारणहरुलाई विभिन्न सहयोग गर्न प्रदेश सरकार, सिडियो कार्यालयबाट पास लिएको थिए  र प्रदेश-२ सरकारको कनट्याक्ट ट्रेसिंगमा सहयोगीको भूमिकामा रहे । अमेरिकामा रहेका सन्तोष गिरिज्यु पहिलो व्यक्ति हो, जसले मलाई  50 हजार सहयोग गरे र निकै हौसला प्रदान गर्नुभयो, मैले पीपीई सेटहरु किनेर बाड्ने कार्यमा लागे । स्वास्थ्यकर्मीहरुलाई आफ्नो गाडीमै राखेर कनट्याक्ट ट्रेसिंगमा जान्थे । RDT TEST पछी PCR TEST का लागि म तयार भएर स्वास्थ्यकर्मी लैजान्थे । पछि सरकारलाई पीपीई सेट मगाउन दबाब दिए ।

भारतमा रहेका नेपालीहरुलाई उद्दार गर्न भारतीय सरकारलाई समन्वय गरे ।

लेखापढी: तपाईले भारतबाट १३५ जना बालबालिकालाई उद्दार गर्नु भएको रहेछ, त्यो बारे प्रस्ट पारिदिनुहोस न ?

धेरै जसो त कम उमेरका बालकहरु जुन काम गर्न भारत गएका हुन्छन, भारतमा यदि १८ बर्ष मुनिका बालबालिकाहरुलाई काम मा लगायो भने CHILD WELFARE COMMITTE (CWC) ले समातेर राख्छ, त्यस्ताहरुको उद्दार गरेको छु । 

सरोज राय: हजुर यो डेढ बर्षमा मैले करिब १३५ जना बालबालिकालाई भारतबाट उद्दार गरेको छु । ति सबै विभिन्न प्रकृतिका केस थिए । कोहि बालिका बेचबिखनमा परेका थिए, कतिपय बालकहरुलाई चोरी गरेर बिरगंज कै ३ जनालाइ भारत लगेर भिख मगाउने कार्यमा लगाएकोलाई उद्दार गरे । धेरै जसो त कम उमेरका बालकहरु जुन काम गर्न भारत गएका हुन्छन, भारतमा यदि १८ बर्ष मुनिका बालबालिकाहरुलाई काम मा लगायो भने CHILD WELFARE COMMITTE (CWC) ले समातेर राख्छ, त्यस्ताहरुको उद्दार गरेको छु । 

लेखापढी: धेरैजसो बालबालिका कुन क्षेत्रका थिए ? तराई मधेश वा पहाड ? 
सरोज राय:
मैले उद्धार गर्ने क्रममा ९०% तराईको, १०% पहाडको हुन्थ्यो, बिशेष गरि तराई- मधेशका थिए । १२-२० जना पहाडका पनि थिए जसमा दैलेख म आफै पुर्याउन गएको थिए । लकडाउनको समय थियो । बोर्डर बन्द थियो तर पनि भागलपुरबाट उद्दार गरि प्रेम बिकलाई दैलेख घर सम्म पुर्याए । दैलेखमा मैले यति धेरै माया र स्वागत पाए जुन मेरो लागि जीवन भरि स्मरणीय रहनेछ ।

बोर्डर बन्द थियो तर पनि भागलपुरबाट उद्दार गरि प्रेम बिकलाई दैलेख घर सम्म पुर्याए । दैलेखमा मैले यति धेरै माया र स्वागत पाए जुन मेरो लागि जीवन भरि स्मरणीय रहनेछ ।

दैलेख नगरबासीले पहाडको चेलो भनेर सम्मान पाए । तराईको पिडा मैले भोगेको थिए तर दैलेख २-३ दिनको बसाईमा पहाडको दु:ख, पिडा बुझ्ने मौका पाए ।

लेखापढी: सरोज जी तपाईले गरेका  सबै उत्कृस्ट कार्य मध्ये चर्चित ३९ महिलाको उद्दार कार्य कसरि सफल भयो ? 
सरोज राय:
मैले दिल्लीबाट उद्धार गरेको थिए, त्यसको सूचना इजराईलमा रहनु भएका समाजसेवी सरिन तामांगज्युले दिनुभएको थियो, हाल उहाँ धरानमा बस्नुहुन्छ ।

उहाले दिल्लीमा १२५ जना नेपाली चेलीहरु विदेश पठाउन गैरकानूनी रुपमा राखिएको जानकारी दिनुभयो, तत्काल दिल्ली पुगे जहाँ मानब तस्करको ठुलो संजाल नै छ । मैले पहिले पनि कुवेतबाट आयशा तामांगलाइ सफल उद्धार गरिसकेको थिए ।

राति ३-४ बजे दिल्ली पुलिसको ठुलो सहयोगमा २ होटेलमा छापा मारी उद्धार गरियो । तर मेरो पहिचान मिडियामा आएन ।

यसै क्रममा मैले दिल्लीमा दिल्ली कम्मिसनकि अध्यक्ष स्वाति मनिपाल संग भेटेर पहाडगंज एरियामा एक्लै पुगे, त्यो क्षेत्रमा नेपाली चेली राखिएको होटलमा कोठा लिए र त्यहाँ नेपाली चेली रहेको निश्चित भए पछि स्वाति मनिपाललाई खबर गरे । 
त्यहाँ ३ होटेलमा राखिएको रहेछ। म २ होटेलमा कोठा लिदै गर्दा तस्करले पिछा गरेको आभास भएको थियो । राति ३-४ बजे दिल्ली पुलिसको ठुलो सहयोगमा २ होटेलमा छापा मारी उद्धार गरियो । तर मेरो पहिचान मिडियामा आएन ।

लेखापढी: सरोज जी यी त भए सामाजिक सेवाका कार्यहरु साथै तपाई राजनीतिमा लाग्नु भएको छ, तपाईको ”तराई-मधेश रास्ट्रिय परिषद” गठन गर्नुभएको छ,  राजनैतिक मुद्दाहरु लिएर तपाई सडकमा पनि आउनुहुन्छ, उखु किसानका मुद्धा बारे बोल्नु भयो कृपया केहि जानकारी दिनुहोस ?
सरोज राय :
सामाजिक कार्य गर्दा व्यक्तिगत रुपमा आत्मपहिचान हुन्छ, समाजसेवाबाट कुनै व्यक्तिलाई मदत हुने हो, कुनै एकको उद्धार गर्न सकिन्छ, असहाय, पिडितले सहयोग पाउछ तर सम्पूर्ण समुदायलाई सम्बोधन गर्न, न्याय दिन एउटा अभियान चलाउनु पर्छ, कोहि लेखेर गर्छ, कोहि सडकमा आएर गर्छ, त्यो भनेको हामीले सरकारलाई दबाब दिने हो, Policy maker लाइ दबाब दिने हो । जुनसुकै मुद्धा को समाधान भनेकै राजनीति हो, मैले कुनै राजनैतिक पार्टीको सदस्यता लिएको छैन तर तराई-मधेश रास्ट्रिय परिषदले तराई- मधेशका लागि काम गर्छ ।

जुनसुकै मुद्धाको समाधान भनेकै राजनीति हो, मैले कुनै राजनैतिक पार्टीको सदस्यता लिएको छैन तर तराई-मधेश रास्ट्रिय परिषदले तराई- मधेशका लागि काम गर्छ ।

लेखापढी : सरोज जी, तराई- मधेश शब्द प्रयोग गरेर धेरै पटक राजनीति भएको छ तपाई पनि त्यहि गर्दै हुनुहुन्छ ?
सरोज राय : त्यस्तो होइन, म आफु जन्मेको ठाउँ, क्षेत्रको बारेमा मैले चासो लिने पर्छ, बोल्ने पर्छ, हिमालको लागि त्यहाँको व्यक्तिले बोलिदिने हो, पहाडको लागि बोलिदिने हो, समग्रमा हामी देशको लागि बोलिराखेका छौ तर यदि मधेश समृद्ध हुन्छ भने देश समृद्ध हुनु हो किनभने मधेश यो देशको मुटु हो, देश बाट मधेश निकालि दियो भने देश मर्छ, त्यसकारण मधेशमा लागेको रोग निको पार्न हामी लागिरहेका छौ, ”तराई-मधेश रास्ट्रिय परिषद” त्यो कार्यमा लागेको छ ।

विश्व समृद्ध भैसकेको समयमा हाम्रा युवाहरु राजनैतिक पार्टीका कार्यक्रममा ब्यस्त हुन्छन ।

राज्यले तराई- मधेश हेर्ने दृस्टीमा कसरि मद्धत हुन्छ, पहाड-तराई बीचको खाडल कसरि पूर्ण सकिन्छ त्यो हामी मिलाउने प्रयास गरिरहेका छौ । विश्व समृद्ध भैसकेको समयमा हाम्रा युवाहरु राजनैतिक पार्टीका कार्यक्रममा ब्यस्त हुन्छन ।

 लेखापढी : तपाई समाजसेवामा चर्चित हुनुहुन्छ अब भन्नुस तपाई प्रत्यक्ष राजनीतिमा कहिले देखि आउनु हुन्छ ?
सरोज राय : हेर्नुस, धेरैको यहि प्रश्न हुन्छ कि तपाई समाजसेवा गर्नु हुन्छ अब राजनीति कहिले देखि गर्ने, हेर्नुस मेरो परिवारको पहिले देखि नै राजनैतिक पृष्ठभुमि रहेको छ, यो होइन कि समाजसेवा मार्फत पपुलर भएर राजनीतिमा लाग्नुपर्ने अबस्था होइन । 

समाजसेवा म मानबताका लागि गरिरहेको छु, आवाजबिहिनहरु को जुन आवाज उठाइरहेको छु, यो मेरो जिम्मेवारी पनि हो जस्तो लाग्छ । मैले त अहिले राहत वितरण बन्द गरिसकेको छु ।

समाजसेवा म मानबताका लागि गरिरहेको छु, आवाजबिहिनहरु को जुन आवाज उठाइरहेको छु, यो मेरो जिम्मेवारी पनि हो जस्तो लाग्छ । मैले त अहिले राहत वितरण बन्द गरिसकेको छु । 
अहिले त चुनाब भैसकेको छ, स्थानीय सरकार छ, जनप्रतिनिधिहरु छ, अब उहाहरुले गर्नुपर्दछ । हामीले त दबाब दिने गरेका छौ ।

लेखापढी:  सरोज जी, तपाइले बर्षको १२ महिना, हप्ताको ७ दिन समाजसेवा गरेर मात्र त घर कसरी चलेको छ ? समाजसेवा भनेको त दिनु होनी त ।
सरोज राय :
पक्कै पनि समाजसेवा गरेर घर चल्दैन । समाजसेवा साथै मैले केहि ब्यबसायमा लगानी पनि गरेको छु । धनुषामा हाम्रो दुग्ध डेरी संचालन छ । समाजसेवामा मैले गरेको सबै व्यक्तिगत खर्च बाट हो । आर्थिक नभई चल्न गार्हो हुन्छ । 

लेखापढी : ”तराई-मधेश रास्ट्रिय परिषद” ले अहिले चुरे बनजंगल संरक्षण बारे मुद्धा उठाउदै छ, त्यो खासमा केहो बास्तबिकता ?
सरोज राय :
तराई-मधेशको जुन चुरे क्षेत्र छ, त्यहाँ ब्यापक रुपले बन अतिक्रमण, भुमि अतिक्रमण गरिएको छ । जस्तै मारुती सिमेन्ट कम्पनिले बनको जग्गा अतिक्रमण गरेको छ । त्यो जग्गा बनले सुकुम्बासीलाई दिएको थियो, उक्त जग्गा सुकुम्बासीबाट मारुती सिमेन्टले किनेको छ । जुन नियम बिपरित छ । नियम मै नभएको सार्बजनिक जग्गा कसरि किनबेच भयो ? हामीले मारुती सिमेन्ट कम्पनीको बिरोध गरेको होइन, न त हामीले कम्पनि बन्द गर्न भनेका छौ । 

हाम्रो त माग बनको जग्गा फिर्ता हुनुपर्दछ र बन संग पुन: नियम बमोजिम 50 बर्ष वा १०० बर्ष बन संग भाडामा लिनुहोस । यस्तै रौतहटमा हजारौ बिघा अतिक्रमण भएको छ, अस्ति मात्र बर्दिबासमा १० वटा रुख काट्न निर्देशन बिपरित 400 रुख काटिएको छ, जसमा बन अधिकृतले सबै दोष सामान्य कर्मचारी माथि देखाएको छ ।

लेखापढी : तपाईहरुको मुख्य माग वा चाहना के हो? 
सरोज राय :
अहिले नदीहरुमा चरम उत्खनन हुदैन, हामी विकास बिरोधी होइनौ र उत्खनन रोक्न खोजेका पनि होइनौ तर सरकारी मापदण्ड विपरीत २०-२५ फिट गहिरो उत्खनन गरेका छन् । जसका कारण बाढी गाउ पस्ने, मान्छे डुब्ने असरहरु हुन्छन । 
एक बर्ष हुन लग्यो धनुषाको दिलिप महतोको हत्या गरियो, सबै प्रमाण छ, पहिले हत्या गर्यो पछी टिप्परले कुल्चेको दुर्घटना  देखायो । अहिले सम्म ६ जना पक्रेको छ तर कारबाही अगाडी बढेको छैन । के त्यो बारे हामी नबोल्नु पर्ने ?

अहिले नदीहरुमा चरम उत्खनन हुदैन, हामी विकास बिरोधी होइनौ र उत्खनन रोक्न खोजेका पनि होइनौ तर सरकारी मापदण्ड विपरीत २०-२५ फिट गहिरो उत्खनन गरेका छन् । जसका कारण बाढी गाउ पस्ने, मान्छे डुब्ने असरहरु हुन्छन । 

हामीले त दिलिप महतोलाई पर्यावरण शहिद घोषणा को माग गरेका छौ साथै परिवारलाई क्षतिपुर्तिको माग गरेका छौ । दिलिपले व्यक्तिगत स्वार्थको लागि ज्यान गुमाएको होइन । नियम बिपरित उत्खननमा लागेका क्रसर उद्धोग बन्द हुनु पर्दछ ।

हाम्रो ६ सुत्रिय माग प्रदेश सरकारलाई बुझाएका छौ । बर्तमान राज्य बन मन्त्री अयोग्य हुन् भन्ने हाम्रो ठहर रहेको छ र हामीले राजीनामाको माग समेत गरेका छौ ।

लेखापढी : सरोज जी कार्यक्रमको अन्तमा आगामी योजनाबारे प्रस्ट पारिदिनुस ?
सरोज राय :
ठुलो आन्दोलन पश्च्यात आएको संघियतालाई संरक्षण गर्नुपर्दछ । सरकार स्थिर हुनुपर्यो । म त जनतालाई भन्न चाहन्छु यदि हाम्रो मतको कदर हुदैन भने किन मतदान गर्ने ?
दुई तिहाइको सरकार हुँदा समेत सामाजिक मुद्धामा उदासिन देखेका छौ हामीले, संसद बिघटन भएर नयाँ जनादेशमा जादैछ भने फेरी कस्तो सरकार हामीले चयन गर्ने ? 
अन्य नयाँ योजना भनेको दामोदर क्षेत्री र विवेक दाहालको उद्धार गरि नेपाल फिर्ता ल्याउने साथै अन्य सामाजिक राजनैतिक बिषयहरुमा निरन्तर अघि बढ्ने छु ।

धन्यबाद 


लेखापढीडटकमद्वारा सञ्चालित Our Stories कार्यक्रममा अच्युत गीरिद्वारा मिति २०७७ साल माघ ४ गते लिनुभएकाे अन्तर्वार्ता


कार्यक्रमका बारेमा कुनै जिज्ञासा, प्रश्न वा सुझाव भएमा हामीलाइ लेखि पठाउने ठेगाना
lekhapadhimedia@gmail.com