नेता विश्वप्रकाश शर्माले बुधबारदेखि ऐना कार्यक्रम स‌‌ञ्चालन गर्ने


नेता विश्वप्रकाश शर्माले बुधबारदेखि ऐना कार्यक्रम स‌‌ञ्चालन गर्ने

काठमाडौं । माघ ७ गते बुधबारदेखि टेलिभिजन शो ऐना प्रशारण हुने भएको छ । नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले स‌‌ञ्चालन गर्ने कार्यक्रमको पहिलो एपिसोड बुधवार राति ९ बजे कान्तिपुर टेलिभिजनमा हेर्न सकिन्छ ।

टिभी शोले नेपाली समाजमा हुने विभेद,  अन्याय,  हानिकारक प्रथा र परम्पराजस्ता सामाजिक विषयवस्तुको मानवीय संवेदनशिलताका पक्षलाई उजागर गर्ने बताइएको छ । द होराइजन मल्टिमिडियाले निर्माण गरिरहेको ऐना २६ एपिसोडको शो हो |