छात्रवृत्ति : लघुकथा


[ss_social_share]
लेखक : लेखापढी      ६ माघ २०७७, मंगलवार १९:१२ मा प्रकाशित     
छात्रवृत्ति : लघुकथा

घरमा उत्साहको वातावरण थियो । सुमन र स्मारिकाले पहिलो सन्तान पाएका थिए । दुवैले  सामाजिक सञ्जाल र टेलिफोनबाट बधाइ पाए।

गरिब घरपरिबारका भएपनि दुवै जनाको सानो जागिर र मेहनतले एउटा छोरा (सुविन)लाई लालनपालनमा ठिकठाक पुगेकै थियो, त्यसैले उनीहरूले दोश्रो सन्तानको बारेमा कहिलेकाही जिस्किए पनि गम्भिरतापूर्वक सोचेनन ।

छोरो बढ्दै गयो । छोरालाई बर्कतले भ्याएसम्म राम्रो विद्यालयमा भर्ना गरे । छोराको चाहना र शिक्षाको परिपुर्तिमा कुनै कसर बाँकी राखेनन् । उनीहरू दुवैजनाको तलबले सहरकाे बसाइ र छोराको शिक्षामा सकिन्थ्यो त्यसैले धेर थोर बचत पनि गर्न सकेनन् ।

छोराले विज्ञान विषयमा उत्कृष्ठ श्रेणीमा राम्रो विद्यालयबाट उतिर्ण गर्यो । उनीहरूको चाहना र छोराको चाहना बमोजिम छोराले एमविविएस (डाक्टर) पढ्ने इच्छा गर्यो । उनिहरूसँग छोरालाइ डक्टर पढाउने पैशा  त थिएनन तर छात्रवृत्तिमा नाम निस्किएमा मात्र पढाउन सकिने अवस्था थियो ।

छोरा एमविविएस प्रवेशिका (इन्ट्रान्स) परिक्षाको तयारी गर्यो । अन्नतः छोराले एमविविएस (डाक्टर)  को प्रवेशिका (इन्ट्रान्स) परिक्षा पास गर्यो तर  शुल्क तिर्ने गरेर !

उनीहरूको छोराको भन्दा कम नम्बर ल्याएका तर सामुदायिक विद्यालयमा पढेका, जनजाति, पिछडिएका, आरक्षण काेटाबाट अरूले नाम निकाले तर  सुविनको छात्रवृत्तिमा नाम   निस्किएन  ।

आज न त (सुमन) उसलाइ आजसम्म आफ्नाे छाेरामा गरेकाे लगानीमा पश्चाताप र ग्लानी थियाे न त उसकाे छाेराेकाे मेहनत लगनशीलतामा प्रश्न ।  केवल (सुमन) उसकाे मनमा पश्नहरू मात्र थिए !


दीपक बाेहरा “सन्दिप”
डडेल्धुरा

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •