मकाउमा अलपत्र परेका नेपालीहरुलाई लिन नेपाल एयरलाइन्स जाने


[ss_social_share]
लेखक : लेखापढी      ६ माघ २०७७, मंगलवार २०:४१ मा प्रकाशित     
मकाउमा अलपत्र परेका नेपालीहरुलाई लिन नेपाल एयरलाइन्स जाने

काठमाडौँ-  कोभिड १९ ले बेरोजगार भएर अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउन निगमले मकाउ चार्टर्ड उडान गर्न लागेको हो ।

मंगलबार राति साढे ११ बजे निगमको न्यारो बडी विमान नेपाली लिन मकाउ उड्न लागेको हो ।

चार्टर्ड उडानबाट निगमको विमान पहिलो पटक मकाउ जान लागेको निगम प्रवक्ता करिश्मा श्रेष्ठले बताइन् । मकाउ चार्टर्ड उडानका लागि हङकङस्थित नेपाली महावाणिज्य दूतवासले समन्वय र सहजिकरण गरेको उनले बताइन् । नेपालीलाई लिएर निगमको विमान बुधबार विहान १० बजेर ५० मिनेटमा अवतरण गर्ने छ ।

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •