भारतले उत्पादन गरेको कोरोना खोप नेपाल सहित छिमेकी देशलाई अनुदानमा दिने


[ss_social_share]
लेखक : लेखापढी      ६ माघ २०७७, मंगलवार २१:१७ मा प्रकाशित     
भारतले उत्पादन गरेको कोरोना खोप नेपाल सहित छिमेकी देशलाई अनुदानमा दिने

काठमाडौँ- भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरिरहेको कोभिडविरुद्धको खोप ‘कोभिसिल्ड’ छिट्टै नेपाल आइपुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्रोतले जानकारी दिएको छ ।  नेपाललाई कोरोनाबिरुद्धको खोप अनुदानमा दिने भएको छ ।

भारतले यही बुधबारदेखि नेपाल, भुटान, माल्दिभ्स, बंगलादेश, म्यानमार र सेसेल्सलाई खोप अनुदान दिने तयारी गरेको छ । स्वास्थ्य मन्त्रालय स्रोतको अनुसार नेपाल पनि भारतको उच्च प्राथमिकतामा छ ।

‘अहिलेसम्मको तयारी अनुसार यही साताभित्र खोप आउने देखिएको छ’, मन्त्रालयका एक अधिकारीले भने, ‘त्यही अनुरुप हामी तयारीमा लागेका छौं ।’

मन्त्रालय स्रोतका अनुसार पहिलो चरणमा आउने खोप अनुदानमा दिए पनि दोस्रो चरणदेखि खरीद प्रक्रियाबाट नै आउनेछ । अनुदानमा आउने खोपको परिमाण भने निश्चित भइसकेको छैन । 

50% LikesVS
50% Dislikes
Spread the love !
  • 7
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares