काठमाडौंको रविभवनमा रहेको सोल्टी सिटी अपार्टमेन्टमा आगलागी भएको छ । विद्युतको तार सट भएर अपार्टमेन्टको माथिल्लो १३ तलामा आगलागी भएको जानकारी महानगरीय प्रहरी वृत्त कालीमाटीका डीएसपी अपिल बोहोराले जानकारी दिनुभयो ।
आगो दिउँसो २ बजे लागेको र दमकल, प्रहरी लगायत स्थानियवासीको सहयोगमा आगो नियन्त्रणका लिने प्रयास भइरहेको उहाँले बताउनुभयो । अपार्टमेन्टमा रहेका सवैको उद्धार गरिएको डीएसपी बोहोराले बताउनुभयो । अपार्टमेन्ट १५ तलाको समेत रहेको उहाँले बताउनुभयो ।
आगो नियन्त्रणका लागि प्रहरी,दमकल र स्थानीयवासी लागिपरेका छन् ।