नयाँ प्रकारको कोरोना भाइरस नेपालमा भित्रिएको पुष्टि, तीन जनामा संक्रमण फेला !!


[ss_social_share]
लेखक : लेखापढी      ५ माघ २०७७, सोमबार १५:४५ मा प्रकाशित     
नयाँ प्रकारको कोरोना भाइरस नेपालमा भित्रिएको पुष्टि, तीन जनामा संक्रमण फेला !!

नेपालमा कोरोना भाइरसको नयाँ प्रकार भित्रिएको पुष्टि भएको छ । पुस पहिलो साता बेलायतबाट आएका तीन जनामा कोरोनाको नयाँ भेरियन्ट संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयलका प्रवक्ता जागेश्वर गौतमले हङङकको प्रयोगशालाले सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई पठाएको रिपोर्टमा तीनजनालाई नयाँ प्रजातिको भाइरस देखिएको पुष्टि भएको जानकारी दिएका छन्।

मन्त्रालयका अनुसार बेलायतबाट आएका ६ जनामा कोरोना संक्रमण परीक्षण गर्दा ३ जनामा नयाँ भाइरस देखिएको आशंकामा पुस २७ गते विश्व स्वास्थ्य संगठनको सहयोगमा हङकङ प्रयोगशालामा नमूना पठाइएको थियो।

२८ वर्षीया महिला, ३२ र ६७ वर्षीय पुरुषमा नयाँ प्रकारको भाइरस देखिएको छ । उनीहरुमध्ये २८ वर्षीया महिला र ३२ वर्षीय पुरुष नेगेटिभ भइसकेका छन् भने ६७ वर्षीय पुरुष पोजेटिभ नै छन् । तर उनमा लक्षण नभएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभएको छ ।

यसबाट संक्रमितमा सामान्य कोरोना भाइरस संक्रमणभन्दा निकै धेरै भाइरल लोड हुने अध्ययनहरूको निष्कर्ष छ । र, यसले पार्ने असरबारे पनि अध्ययन भैरहेको छ । जोन हप्किन्स विश्वविद्यालयका अनुसार यो भाइरस विश्वका करिब ३ दर्जन मुलुकमा फैलिसकेको छ ।

50% LikesVS
50% Dislikes
Spread the love !
  • 21
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    21
    Shares