शङ्कालुहरु : लघुकथा


शङ्कालुहरु : लघुकथा

अफिबाट साँझ साँझ पर्न लाग्दा लक्ष्मणजी घर आइपुगे । घरमा आउनासाथ हातमुख धोएर उनलाई चिया खाजा खाने बानी छ । आज पनि त्यही उपक्रम सुरु भयो ।

सुनिताले चिया खाजा दिइन् । चारजनाको जहानमा अहिले दुई जना मात्र छन् । छोरा छोरी पढ्न विदेश गएपछि घर सुनसान भएको छ । सबैकने यही हाे । बेडरुममा बसेर लक्ष्मणजी खबर हेर्दै अनि चिया खाँदै थिए ।

पढ्दापढ्दै उनका आँखा तिलमिलाए । एकपटक पढेर उनको चित्त बुझेन दोहोर्याएर पढे ।

यसै बेला सुनिताको मोबाइलमा सन्देश आएको सङ्केत उनले पाए जो उनैका छेउमा थियो । नजिकै भएकोले उनले सुनिताको मोबाइल उठाएर सन्देश पढे । पढ्दापढ्दै उनका आँखा तिलमिलाए । एकपटक पढेर उनको चित्त बुझेन दोहोर्याएर पढे । लेखिएको थियो—“तिमी कस्ती निठुरी ! म दिउसो भरि पर्खिएँ । कि आउनु पर्छ, आउन नमिल्ने भए म्यासेज ता पठाउनु पर्छ । माया गर्नेको यही हो चाला ?!”

अघिसम्म सती सावित्री देखिएकी उनकी श्रीमती अहिले तुरुन्तै बजारिया आइमाईको रूपमा परिणत भइन् ।

लक्ष्मणको टाउको मोबाइलमा आएको सन्देश पढ्दा नपढ्दै तातेर आयो । अघिसम्म सती सावित्री देखिएकी उनकी श्रीमती अहिले तुरुन्तै बजारिया आइमाईको रूपमा परिणत भइन् । के हो यो बुढेस कालमा यस्तो ? लौ अफेयर्स पनि बेलामा पो हुन्छ त ! उनका मनमा अनेकौं तर्क कुतर्कहरू ओइरिए । मनमा शङ्काको बादल मडारिन थाल्यो । सुनिताले पकाएको र अहिलेसम्म स्वादले खाइरहेको चिया र खाजा पनि गनायो । के हो यो ? म घरमा नभएको मौका पारेर कतै कसैसँग यस आइमाईको……. छि छि छि !!

वास्तवितकता के थियो यसतिर उनको ध्यानै गएन जानै सकेन । सन्देशको यथार्थता के हो भन्नेतिर उनको सोचाइ समेत जान सकेन ।

उनका मनमा नानाभाँतीका शङ्का उपशङ्का ओइरिए । मुडअफ भयो । के गरौं र कसो गरौं भन्ने भावनाले उनी हुँडलिन थाले । दायाँ बायाँ हेर्न सोच्न नै सकेनन् । वास्तवितकता के थियो यसतिर उनको ध्यानै गएन जानै सकेन । सन्देशको यथार्थता के हो भन्नेतिर उनको सोचाइ समेत जान सकेन । एकदम रिसले तिलमिलाए । सुनिता र उनका मुटुका टुक्रा मानेका छोरा छोरी पनि उनकै हुन् के त ? यहाँसम्मको सोच पनि उनका दिमागमा पस्यो ।

यसै गरी धेरै बेर तिमिलाए । उता सुनिता भने पकाइतुल्याइको आफ्नो काममा व्यस्त थिइन् । साँझ पर्यो । सुनिताले खाना तयार पारिन् र खान बोलाइन् । एक पटक बोलाउँदा भान्सामा आएनन् दुईपटक बोलाउँदा पनि उनी आएनन् । मनमा तुमुल कुभावनाको मुस्लो खनिरहेको बेला थियो । पत्नीले खान बोलाएको उनलाई केही थाहै भएन ।

घोर घृणाले भरिएको उनको मनमा सुनितामाथि झन् कठोर सोच मडारिरहेको थियो ।

यसै बेला फेरि सुनिताको मोबाइलमा म्यासेज आयो । घोर घृणाले भरिएको उनको मनमा सुनितामाथि झन् कठोर सोच मडारिरहेको थियो अझै नाठाले म्यासेज पठाएको ता होला नि भनेर हतपत्त फेरि आएको सन्देश पनि पढे— लेखिएको थियो—“क्षमा गर्नुहोला, अघि मैले आफ्नो मान्छेलाई पठाउनु पर्ने सन्देश भुलवश यहाँलाई पठाएँछु । कृपया अन्यथा नमानिदिनुहोला । फेरि पनि म माफी माग्छु मैले गल्तीले यहाँको नम्बरमा म्यासेज गरेंछु । सरी ।”

अब लक्ष्मणजीको बिग्रिएको मुड एक्कासी उल्टियो । भान्सामा गएर हतारहतार सुनितालाई म्वाइँ खाए र भने म पनि कति पापी रहेछु ! छि !” “हन आज के हो बुढेसकालको यो रोमान्टिक मुड ! फेरि पापी र सापी केके भनिसिन्छ हजुर पनि ! मैले ता केही पनि बुझिन है !” सुनिताले भनिन् ।

“नबुझेकै राम्रो !!” भन्दै उनी मिठो मानेर खाना खान थाले ।


होम सुवेदी
 लघुकथाकार


Please Send us your creativity on: lekhapadhimedia@gmail.com
Visit us: www.lekhapadhi.com