सरकार बनाउने अरू विकल्पमा प्रवेश नगरी विघटन गर्न मिल्दैन : संविधानविद् आचार्य


सरकार बनाउने अरू विकल्पमा प्रवेश नगरी विघटन गर्न मिल्दैन : संविधानविद् आचार्य

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधानले संसद् विघटनको अधिकार नदिएको संविधानविद् भीमार्जुन आचार्यले तर्क गरेका छन् । संसद विघटन असंवैधानिक भएको भन्दै बहस गरेका आचार्यले बहसका क्रममा  सरकार बनाउने अरू विकल्पमा प्रवेश नगरी विघटन गर्न नमिल्ने बताएका हुन ।

आचार्यले प्रधानमन्त्रीको दावी राजनीतिक विषय नभएको बहसका क्रममा पटक पटक दोहोर्याए  । ‘संविधानको धारा ७६ को उपधारा १, ३ र ७ अनुसार मन्त्रिपरिषद्का सबै सदस्य संसदप्रति उत्तरदायी हुनुपर्छ’, आचार्यले भने,‘प्रधानमन्त्रीलाई विघटनको ‘व’ पनि उच्चारण गर्ने अधिकार छैन ।’

आचार्यले संविधानको व्यवस्थाअनुसार धारा ७६ का उपधारा १, २ र ३ अनुसार सरकार बन्नका लागि संसदमा जानुपर्ने बताए । तीनवटै विकल्पमा गएपछि मात्रै संसद् विघटन हुने उनले बताए । 

प्रतिनिधिसभा विघटनसम्बन्धी रिटको सुनुवाइ अहिले पनि सर्वोच्चको संवैधानिक इजलासमा जारी रहेको छ ।  

www.lekhapadhi.com