भारतमा कोरोनाविरुद्धको खोप लगाउन सुरु


[ss_social_share]
लेखक : लेखापढी      ४ माघ २०७७, आईतवार ००:४२ मा प्रकाशित     
भारतमा कोरोनाविरुद्धको खोप लगाउन सुरु

नयाँदिल्ली । भारतमा कोरोनाविरुद्धको खोप लगाउन शनिबारदेखि सुरु गरिएको छ ।

भिडियो सम्मेलनमार्फत् प्रधानमन्त्री नरेन्द्र मोदीले खोप अभियानको शनिबार उद्घाटन गरेका हुन् । यस अभियानलाई विश्वकै सबैभन्दा ठूलो खोप अभियान भनिएको छ ।

अभियानअन्तर्गत् सबैभन्दा पहिला कोरोनाविरुद्धको लडाईंमा अग्रपंक्तिमा खटिएकाहरुलाई खोप लगाउने मापदन्ड बनाइएको छ ।

अग्रपंक्तिका सेवाप्रदायकसहित पहिलो चरणमा झन्डै तीन करोड मानिसलाई खोप लगाउने भारत सरकारको तयारी छ । खोप लगाउनका लागि देशभरि तीन हजार ६ ठाउँमा खोप केन्द्रको व्यवस्था गरिएको र ती सबै भर्चुअल माध्यमबाट एकार्कामा सम्पर्कमा रहने व्यवस्था गरिएको अधिकारीहरुले जनाएका छन् । आज पहिलो दिन हरेक खोप केन्द्रमा १०० जनाको दरले खोप लगाउन सक्ने जनाइएको छ ।

खोपका लागि एकीकृत बालविकास सेवाका कर्मचारीसहित सरकारी तथा निजी क्षेत्रका स्वास्थ्यकर्मीहरुलाई सबैभन्दा पहिलो प्राथमिकतामा राखिएको छ । दैनिक बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म खोप सेवा उपलब्ध गराइने केन्द्रीय स्वास्थ्यमन्त्री डा. हर्ष बर्धनले जानकारी दिए । उनले कोरोनाविरुद्धको खोप अभियान सुरु हुनुलाइृ ‘‘कोरोनाको अन्त्य नै सुरु भएको’’ रुपमा लिएका छन् ।

अर्को चरणमा ५० वर्षभन्दा बढी उमेरका व्यक्तिलाई मात्रै खोप दिइने मापदन्ड बनाइएको सरकारी अधिकारीहरुले जनाएका छन् । वृद्धवृद्धाहरु कोरोनाभाइरसबाट संक्रमणको उच्च जोखिममा हुने र संक्रमित भइसकेपछि जित्न पनि गाह्रो हुने भएकाले उनीहरुलाई प्राथमिकतामा राखिएको उनीहरुले जनाएका छन् । उमेरले ५० वर्षभन्दा कम भएकाहरु पनि गम्भीर अवस्थाका बिरामी छन् भने पनि उनीहरुलाई खोप लगाइने मापदन्डमा उल्लेख छ ।

भारतमा दुई प्रकारका खोप लगाउनका लागि सरकारले अनुमति दिएको छ । यही ३ जनवरीमा खोप लगाउन अनुमति दिने निर्णय सरकारले गरेको थियो । भारत बायोटेकले बनाएको कोभ्याक्सिन र अक्सफोर्ड विश्वविद्यालयसँग एस्ट्राजेनेका कम्पनीले बनाएको कोभिसिल्ड प्रयोग गर्न सरकारले अनुमति दिएको हो ।

खोप अभियानको उद्घाटन गर्दै प्रधानमन्त्री मोदीले कोरोना महामारीविरुद्धको संक्रमण भारतीयहरु एकताबद्ध भएर लडेको बताउँदै खोपका लागि पनि भारतले कडा परिश्रम गरिरहेको बताए ।

‘यति धेरै जनसंख्या भएको भारतमा महामारीका समयमा मानिसहरुले स्वास्थ्य मापदन्ड अपनाउँदा क्षति कम भएको छ । एक करोडभन्दा बढी मानिसहरुले महामारीसँग लडेका छन् र जितेका छन् । अन्य मुलुकभन्दा भारतमा महामारीको प्रभाव निकै न्यून छ,’’ उनले भने ।-रासस 

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •