बाँकेमा राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीको रहस्यमय हत्या


[ss_social_share]
लेखक : लेखापढी      ४ माघ २०७७, आईतवार १८:३५ मा प्रकाशित     
बाँकेमा राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीको रहस्यमय हत्या

काठमाडौँ- बाँकेमा राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत एक कर्मचारीको हत्या भएको छ ।
नेपालगन्ज उपमहानगरपालिका–१८ सूर्यगाउँस्थित लब्दवाका २७ वर्षीय प्रवीण थापाको हत्या गरिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक (डिएसपी) सुवास खड्काले बताएका छन्। 

उनी एक वर्षदेखि विभागमा सहायक सूचकको रुपमा कार्यरत थिए। 

खड्काका अनुसार प्रवीणको शव उनको घरभन्दा साढे २ किलोमिटर परको खेतमा फेला परेको थियो।डीएसपी खड्काका अनुसार सूर्यगाउँका स्थानीयले गत शुक्रबार करिब १०ः१५ बजेको समयमा खेतबारीमा एक पुरुषको शव फेला परेको जानकारी प्रहरीलाई गराएका थिए । सुरुमा मृतकको पहिचान हुन नसके पनि अनुसन्धानको क्रममा अनुसन्धान विभाग बाँकेमा कार्यरत थापाको भन्ने खुलेको उनले बताए ।

थापाको टाउकोमा धारिलो हतियारको चोट छ।  उनको पोष्टमार्टम गरी शव परिवारलाई बुझाइसकिइको छ।

‘उनको टाउकोमा हतियारले हानेर हत्या गरिएको देखिन्छ। स्थानीयले खबर गरेपछि हाम्रो टोली खटियो,’ डिएसपी खड्काले भने, ‘टाउकोमा लागेको चोटका कारण मृत्यु भएको रिपोर्टमा देखिएको छ।

प्रहरीले घटनासम्बन्धी १०-१२ जनासँग सोधपुछ गरे पनि कसैलाई पक्राउ नगरेको उनले बताए। डीएसपी खड्काले भने, ‘बिहीबार उनी अफिस गएको देखिन्छ । अफिस गएपछि पनि उनको सम्पर्क परिवारसँग भएको देखिन्छ । बिहीबार साँझदेखि सम्पर्कविहीन भएका उनको सोही दिन  हत्या भएको देखिन्छ । अनुसन्धानलाई साँघुरो पारेर लगेका छौं । ‘

50% LikesVS
50% Dislikes
Spread the love !
  • 13
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    13
    Shares