केटो भनिपाउदा दु:ख छैन, केपी ओलीको स्तर थाहा पाएँ: योगेश भट्टराई


[ss_social_share]
लेखक : लेखापढी      ४ माघ २०७७, आईतवार ०६:११ मा प्रकाशित     
केटो भनिपाउदा दु:ख छैन, केपी ओलीको स्तर थाहा पाएँ: योगेश भट्टराई

काठमाडौँ- प्रम ओलीले  ‘बैगुनी केटाकेटी’को संज्ञा दिएपछि ट्वीटर मार्फत योगेश भट्टराईले जवाफ फर्काएका छन् ।

शनिबार राति ट्वीट गर्दै योगेशले केटा र केटीहरुको रगत, पसिना र मेहनतको जगमा खडा भएको व्यवस्था मै प्रधानमन्त्री ओलीले कुर्सीप्राप्त गरेको स्मरण गराए ।

पार्टी विभाजनपछि प्रचण्ड माधव नेपाल समूहमा रहेका छन्, ट्वीटरमा लेखेका छन- ‘केटा र केटीहरुको रगत, पसिना र मेहनतको जगमा खडा भएको ब्यबस्था मै यहाँले कुर्सीप्राप्त गर्नुभएको हो । केटो भनिपाउदा मलाई दुःख छैन । तपाईंको स्तर थाहा पाएँ खुशी लाग्यो ।’

शनिबार दिउँसो नेकपा ओली समूहको प्रदेश १ कमिटीद्धारा काठमाडौँमा आयोजित कार्यकर्ता भेलामा ओलीले बैगुनी केटाकेटीबारे केही भन्नु छैन । आफू दौडेर गएर केटालाई जिताएर पठाउनुस् मन्त्री बनाएर पठाउछु भनेँ । मन्त्री पनि बनाइयो । एक दिन पुक्क लात्ताले हानेर भाग्यो । को रहेछ भनेर यसो हेरेको त उही (योगेश भट्टराई) केटो पो रहेछ, भनेका थिए । 

50% LikesVS
50% Dislikes
Spread the love !
  • 4
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    4
    Shares