नेपाली टोलीद्वारा पाकिस्तानस्थित विश्वकै दोस्रो अग्लो चुचुरो केटू हिमालको आरोहणको कीर्तिमान


[ss_social_share]
लेखक : लेखापढी      ३ माघ २०७७, शनिबार २०:४९ मा प्रकाशित     
नेपाली टोलीद्वारा पाकिस्तानस्थित विश्वकै दोस्रो अग्लो चुचुरो केटू हिमालको आरोहणको कीर्तिमान

काठमाडौं । विश्वकै दोस्रो अग्लो चुचुरो केटू हिमालमा निर्मल पूर्जासहित १० नेपाली आरोहीहरुको टोलीले शनिबार सफलता हात पारेको छ ।

नेपालका १० जना पर्वतारोहीले शनिबार पाकिस्तानस्थित संसारको दोस्रो सर्वोच्च शिखरमा हालसम्म हिउँद याममा हिमालको आरोहण गरी इतिहास रचेका हुन । हालसम्म हिउँद याममा केटु हिमालकाे चुचुराेमा कोही पनि पुग्न सकेको थिएन । 

चीन र पाकिस्तानको सीमामा पर्ने सबैभन्दा कठिन मानिने विश्वकै दोस्रो अग्लो हिमाल केटू (८,६११ मिटर) मा मानव पाइला पुगेको ६७ वर्षयता हिउँदयाममा सयौं आरोहण दलले प्रयास गर्दा पनि कोही सफल भएको थिएन । तर यसपटक पुर्जासहित १० नेपाली आरोहीले हिउँदयाममा अत्याधिक कठिन मानिने सगरमाथापछिको दोस्रो अग्लो चुचुरोमा पुगेर रेकर्ड बनाएका छन् ।

 नेपालका निर्मल (निम्सदाइ) पुर्जा, मिङ्मा जी शेर्पा, मिङ्मा डेभिड शेर्पा, मिङ्मा तेन्जी शेर्पा, गेल्जे शेर्पा, दावा तेम्बा शेर्पा, पेमछिरी शेर्पा, किलुपेम्बा शेर्पा, दावा तेन्जिङ शेर्पा र सोना शेर्पाले शनिबार साँझ ५:४५ बजे (स्थानीय समयअनुसार ५ बजे) ८ हजार ६११ मिटर अग्लो शिखरको सफल आरोहण गरेका छन् ।

दश आरोहीमध्ये मिङ्मा जी शेर्पाले अक्सिजनबिना नै आरोहण गरेका छन् ।

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •