नेपालमा कोभिड-१९ विरुद्ध ‘कोभिसिल्ड’ खोपलाई आपतकालीन प्रयोगको अनुमति


[ss_social_share]
लेखक : लेखापढी      ३ माघ २०७७, शनिबार १५:१७ मा प्रकाशित     
नेपालमा कोभिड-१९ विरुद्ध ‘कोभिसिल्ड’ खोपलाई आपतकालीन प्रयोगको अनुमति

नेपालमा कोरोना भाइरस संक्रमणविरुद्धको खोप ल्याउन सरकारले अनुमति दिएको छ । यसै क्रममा औषधि व्यवस्था विभागले शुक्रबार भारतमा उत्पादन भएको ‘कोभिसिल्ड’ नामक कोरोनाविरुद्धको खोपलाई नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति दिएको हो । 

कोभिसिल्ड’ अक्सफोर्ड युनिभर्सिटीले एस्ट्राजेनेकासँग मिलेर विकास गरेको खोपलाई भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको हो।

विभागले दुई दिनअघि आपतकालीन अनुमतिका लागि प्रयोग गरिने खोप दर्ता आहृवान गरेको थियो। योसँगै नेपालमा रहेको आधिकारिक आयातकर्ता हुकुम डिस्ट्रिब्युटर्स एन्ड लजिस्टिक प्रालिले ‘कोभिसिल्ड’ नामक खोप ल्याउने औषधि व्यवस्था विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले बताए । उनले निवेदन दिएकामध्ये अन्य दुई जनाको आवश्यक कागजात नपुगेको र टेक्निकल नोटका आधारमा निर्णय गर्दै जाने बताए ।

भारतमा सुरुमा २ सयदेखि ३ सय भारतीय रुपैयाँ सम्म तोकेको छ। यो पहिलो एक अर्ब डोजमा हुनेछ। त्यसपछि भने यसको मूल्य प्रति डोज १ हजार भारतीय रुपैयाँ हुनसक्ने जनाइएको छ। 

नेपालमा स्वास्थ्यकर्मी पछि प्राथमिकताको आधारमा ५५ वर्ष कटेका,  ४० देखि ५४ वर्षका अन्य रोग ग्रसित भएका मानिसलाई खोप दिइने छ। त्यसैगरी, ४० देखि ५४ वर्षका स्वस्थ्य र १६ देखि ३९ वर्षका मानिसले प्राथमिकताको आधारमा पाउनेछन् ।

सरकारले प्रयोगका लागि अनुमति दिए पनि खोप आउन केही समय अझै लाग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम बताउँछन्।  

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •