‘नागरिक एप’ सार्वजनिक : के हो, के-कस्तो सुविधा लिन सकिन्छ ?


[ss_social_share]
लेखक : लेखापढी      ३ माघ २०७७, शनिबार १४:५३ मा प्रकाशित     
‘नागरिक एप’ सार्वजनिक : के हो, के-कस्तो सुविधा लिन सकिन्छ ?

सिंहदरबारमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नागरिक एप शुभारम्भ गरेका हुन् ।

सरकारले नागरिकका सम्पूर्ण व्यक्तिगत कागजात (सरकारी निकायले जारी गर्ने) वा सूचनालाई एउटै प्लेटफर्मबाट उपलब्ध गराएर सार्वजनिक सेवा उपलब्ध गराउने उद्देश्यले ‘नागरिक एप’ सार्वजनिक गरेको हाे।

नागरिकले ‘नागरिक एप’बाट प्यान कार्डसम्बन्धीआवेदन गरी प्यान नम्बर प्राप्त गर्ने र सरकारलाई तिरेको करको विवरणसमेत मोबाइल सेटमार्फत जानकारी लिन सकिने छ । त्यस्तै नागरिकता, राहदानी, शैक्षिक प्रमाणपत्र र मतदाता परिचयपत्रको विवरणहरु प्राप्त गर्न सकिने छ ।

सरकारले अनलाइनबाट दिने सबै सेवालाई एकीकृत रूपमा उपलब्ध गराउनका लागि ल्याएको एपलाई नै नागरिक एप नाम दिएको सञ्चार तथा सूचना प्रविधि सचिव हरिप्रसाद बस्याल बताए । बस्याल भन्छन्, ‘सरकारी सेवा जनताको हातहातमा पुर्‍याउन यो एप सञ्चालनमा ल्याइएको छ ।’ 

स्मार्ट फोन बोक्ने नागरिकले मोबाइलको प्ले स्टोरमा गएर नागरिक एप (Nagarik App) डाउनलोड गर्न सक्छ । एप प्रयोग गर्न आफ्नो नाममा रहेको मोबाइल नम्बर हुनुपर्ने अनिवार्य गरिएको छ । मोबाइल नम्बर राखिसकेपछि नम्बर कसको नाममा दर्ता छ भन्ने कुरा एपले स्वचालित रूपमा पत्ता लगाउने गरी प्रविधिको विकास गरिएको छ । 

यसका लागि सुरुमा तपाईंले आफ्नो मोबाइलको नागरिक एप डाउनलोड गर्नुपर्ने हुन्छ । यसका लागि एन्ड्रोइड फोन हो भने यहाँ क्लिक गर्नुहोस् तथा आईओएस हो भने यहाँ क्लिक गर्नुहोस् ।

अब एप खोल्नुहोस् र भाषा छनोट गर्नुहोस् अनि खाता खोल्न अगाडि बढ्नुहोस् । यदि मोबाइलमा डार्क मोड अन गर्नुभएको छ भने त्यसलाई बन्द गर्न भने नबिर्सिनुहोस् ।

अब त्यसमा आफ्नो मोबाइल नम्बर राख्नुहोस् । याद राख्नुहोस्, तपाईंले अरुको मोबाइल नम्बरबाट यो एपमा खाता खोल्न सक्नुहुन्न ।

त्यसैले आफ्नै नाममा दर्ता भएको मोबाइल नम्बर राख्नुहोस् र ‘अगाडि बढ्नुहोस्’ । यति गरिसकेपछि एपले भर्खरै राखेको मोबाइल नम्बर तपाईंकै साथमा छ कि छैन भन्ने यकिन गर्न एसएमएसमार्फत ६ अंकको कोड पठाउँछ ।

उक्त कोड जस्ताको त्यस्तै एपमा राख्नुहोस् र पुनः ‘अगाडि बढ्नुहोस्’ लेखिएको स्थानमा दबाउनुहोस् । आफ्नो मोबाइल नम्बर प्रमाणीत गराएजस्तै एपमा दर्ता हुन तपाईंले परिचयपत्रबाट आफ्नो विवरण समेत प्रमाणीत गराउनुपर्ने हुन्छ ।

संघीयदेखि स्थानीय सरकारका सेवामा नागरिक एप उपयोगी हुने बताइएको छ। स्थानीय सरकारले प्रदान गर्ने ६४ प्रकारका सेवामध्ये ४० वटा सेवाहरु नागरिक एपमा उपलब्ध रहेको मन्त्रालयले जनाएको छ।

सरकारले सम्भव भएसम्मका सबै सार्वजनिक सेवाहरु नागरिक एपमार्फत् लिन पाउने गरी एप विकास गरिएको बताएको छ। सुशासन, विकास र समृद्धिका लागि सरकारले डिजिटल नेपाल अभियानकै एक अंकको रुपमा नागरिक एप सार्वजनिक गरिएको जनाइएको छ।

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •