नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ पहिलो दिनमै करिब ५०% बिक्यो


[ss_social_share]
लेखक : लेखापढी      ३ माघ २०७७, शनिबार ०६:०३ मा प्रकाशित     
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ पहिलो दिनमै करिब ५०% बिक्यो
काठमाडौं – नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओमा पहिलो दिनमै ३ करोड ७० लाख ६२ हजार ६७० कित्ताका लागि आवेदन परेको छ ।
 
सीडीएस एक्ड क्लियरिङ लिमिटेडको तथ्यांक अनुसार पहिलो दिन नै कुल २ लाख ८५ हजार ३१८ जना लगानीकर्ताले ३ अर्ब ७० करोड ६२ लाख ६७ हजार रुपैयाँ बराबरको आवेदन दिएका हुन् । कम्पनीले शुक्रबार (माघ २ गते) देखि सर्वसाधारणका लागि ७ करोड ५८ लाख ४० हजार कित्ता आइपीओ खुला गरेको हो । यसआधारमा, सर्वसाधारणलाई खुला गरेकोमध्ये ४८.८७% आइपीओ पहिलो दिनमै बिक्री भएको छ ।
 
कम्पनीले कुल ८ करोड कित्ता सेयरमध्ये ०.२०% अर्थात १ लाख ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि र ५% ले हुने ४० लाख कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी सेयर सर्वसाधारणमा जारी गरेको हो । यस आइपीओमा लगानीकर्ताले माघ ६ गतेसम्म आवेदन दिन सक्नेछन् । त्यस अवधिमा आइपीओ बिक्री नभएमा माघ १६ गतेसम्म बिक्री खुला हुनेछ । 
50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •