सफलताका ६ सुत्रः तपाईं सफल बन्न चाहनुहुन्छ भने अपनाउनुहोस यी ६ सुत्र !


लेखक : लेखापढी      २ माघ २०७७, शुक्रबार १४:२५ मा प्रकाशित     
सफलताका ६ सुत्रः तपाईं सफल बन्न चाहनुहुन्छ भने अपनाउनुहोस यी ६ सुत्र !

बर्तमान समयमा गास, बास र कपास वा खाना, घर र कपडा भएर मात्र मानिस सन्तुस्ट हुन सक्दैनन । मानब जिवनलाई पूर्णता दिन सफलता नै चाहिन्छ ।
सफल जीवन भनेको आर्थिक रुपमा सफल हुनु मात्र होइन । आर्थिक, सामाजिक सबै रुपमा हामि सफल हुन सक्यौ भने मात्र आत्मसन्तुस्टि र उचाई प्राप्त हुन्छ ।

तपाई हामी सबैले देखेका छौ सफल व्यक्ति झन् सफल हुदै जान्छ भने असफल व्यक्ति अझ असफलतामै रहेको हुन्छ । किन यस्तो हुने गरेको छ ? 
असफल व्यक्तिले सधै बारम्बार उही गल्ति दोहोर्याईरहेको हुन्छ भने सफल व्यक्ति सधै सकारात्मक सोचमा सफलता तर्फ उन्मुख हुन्छ ।

तपाईहरु पनि सफल बन्न चाहनुहुन्छ भने अबश्य यी कुराहरुको पालना गर्नुहोस:


१- आफ्नो लक्ष्यको पहिचान:
तपाईहरु आफ्नो वरिपरी रहेका साथीभाई वा अन्यलाई नियालेर वा सिको गरेर अघि बढ्न बन्द गर्नुहोस । सल्लाह, सुझाब र सहयोग सबै बाट लिनुहोस तर निर्णय आफै गर्न सिक्नुहोस।  तपाई भित्रको इच्छा- चाहना र परिस्थिति अनुसार अघि बढ्न प्रयास गर्नुहोस । तपाई सफल हुन चाहनु हुन्छ भने आफ्नो लक्ष्य निर्धारण गर्न जरुरि छ ।

२- एकाग्रता वा निरन्तरता: 
तपाइले निर्धारण गरेका लक्ष्यमा अघि बढ्न वा सफलता पाउन तपाईमा एकाग्रता हुन जरुरि छ । लक्ष्य प्राप्तिका लागि निरन्तरता दिन सक्नुपर्दछ । सफल व्यक्तिहरुको गुणमा एकाग्रताको मुख्य भूमिका रहेको हुन्छ ।

 

३- आत्मबल वा शक्तिको प्रयोग:
तपाईले जुनसुकै काम गर्नुहुन्छ, उक्त कार्य गर्दा पूर्ण शक्ति लगाएर गर्नुहोस । पूर्ण शक्ति भनेको मन देखि नै आत्मबलको प्रयोग गर्ने गर्नुहोस । चाणक्य नीति अनुसार जुनसुकै कार्य गर्दा पनि सम्पूर्ण शक्तिको प्रयोग गर्नुहोस भनेर भनिएको छ । आफ्नो शारीरिक र मानसिक ध्यान लगाउनु पर्दछ । यसरि कार्य गर्दा तपाई पूर्णतया सफल हुन सक्नुहुन्छ । 

४-जिम्मेवारी बहन गर्नुहोस:
हरेक सफल व्यक्तिमा हुने अर्को गुण हो जिम्मेवारीको पूर्णतया पालना गर्नु । तपाईलाई प्राप्त जिम्मेवारीलाई मन देखि नै आत्मसात गर्नुहोस । कामको जिम्मेवारी लिन सके निर्णय प्रतिको सतर्कता वृद्धि हुन्छ साथै सोचविचार गरेर लक्ष्य सम्म पुग्ने गुणको बिकास हुनेगर्दछ ।

कामको जिम्मेवारी लिन सके निर्णय प्रतिको सतर्कता वृद्धि हुन्छ साथै सोचविचार गरेर लक्ष्य सम्म पुग्ने गुणको बिकास हुनेगर्दछ ।

तपाईले देख्नु भएकै होला सफल व्यक्तिहरु निर्धक्क निर्णय लिन सक्छन वा नेतृत्वतहमा रहेका हुन्छन ।

५- गल्तीलाई शिक्षाको रुपमा स्वीकार गर्नुहोस:
प्रत्येक व्यक्तिले गल्ति गर्छन तर बिबेकशील व्यक्तिले गल्ति दोहोर्याउदैनन । गल्ति हुदैमा हतोत्साही हुने नगर्नुहोस । तपाई सफल बन्न चाहनुहुन्छ भने गल्तीबाट सिकेर अघि बढ्नुहोस । “घोडा चड्ने मानिस लड्छ” भने झैँ काम गर्दा गल्ति हुनु सामान्य हो तर गल्तीलाई बारम्बार दोहोर्याउने नगर्नुहोस ।

६- समयको पूर्ण सदुपयोग गर्नुहोस:
तपाइले समयको महत्व बुझ्न सक्नुभएन भने सफल हुन सक्नुहुन्न । समय निरन्तर चलिरहने प्रक्रिया हो त्यसकारण समय संगै तपाई चल्न सक्नु भयन वा समय अनुरुप कार्य गर्न सक्नु भएन भने सफल हुन सकिदैन ।  तपाईले कार्य गर्दा समयको पालना गर्नैपर्दछ ।

समय निरन्तर चलिरहने प्रक्रिया हो त्यसकारण समय संगै तपाई चल्न सक्नु भयन वा समय अनुरुप कार्य गर्न सक्नु भएन भने सफल हुन सकिदैन ।

कार्य बिभाजन गरि कार्य तालिका बनाउदा समयको  समयको निर्धारण गर्नुपर्दछ ।

तपाई सफल हुन वरिपरिको वातावरणलाई समेत मध्यनजर गर्नुपर्दछ । तपाईको वरिपरिको वाताबरण सकारात्मक छन भने सफलता प्राप्त गर्न धेरै समय लाग्दैन । सधै सकारात्मक दृस्टीकोण राख्नुहोस, आत्मबिस्वास र सकारात्मक सोच नै सफलताको एक कडी हो ।




Please Mail us your creativity: lekhapadhimedia@gmail.com

Visit us www.lekhapadhi.com