काठमाडौं । विवेकशील पार्टीले आज माइतीघर मण्डलमा संसद् विघटनको असंवैधानिक कदमविरुद्ध प्रदर्शन गरेको छ ।
“लामो संघर्ष तथा त्यागपछि प्राप्त लोकतन्त्र अहिले शैशवकालमा रहेको छ । यसलाई हुर्काउने तथा संस्थागत गर्नुपर्ने अहिलेको समयमा यसको घाँटी निमोठ्न खोज्नु देशका लागि अशुभ संकेत हो । सबै राजनीतिक दल तथा नागरिकहरूले लोकतन्त्रलाई संवर्द्धन तथा संरक्षण गर्नका लागि अगाडि लाग्नुपर्छ,’’ विवेकशील पार्टीका नेता शशिविक्रम कार्कीले बताए ।
विवेकशील पार्टीले हरेक दिन माइतीघर मण्डलमा संसद् विघटनको असंवैधानिक कदम तथा अधिनायकवादविरुद्ध प्रदर्शन गरिरहेको छ । भोलि २७औं दिन पनि बिहान १०:३० बजे माइतीघर मण्डलमा प्रदर्शन जारी रहने जनाएको छ ।