परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली दिल्ली पुगे: भारतले सिमा विवादबारे छलफल नगर्ने


[ss_social_share]
लेखक : लेखापढी      २ माघ २०७७, शुक्रबार ०४:१४ मा प्रकाशित     
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली दिल्ली पुगे: भारतले सिमा विवादबारे छलफल नगर्ने

भारतसँग संयुक्त आयोगको बैठकमा भाग लिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली दिल्ली पुगेका छन् । उक्त बैठकमा सीमा विवादबारे पनि छलफल हुने बताइरहँदा भारतीय पक्षबाट भने यसको ठीक विपरीत सीमा विवादबारे छलफल नहुने समाचार आएको छ ।

कोभिड संकटपछि भारत भ्रमण गर्ने परराष्ट्रमन्त्री ज्ञवाली पहिलो नेपाली उच्चस्तरीय नेता पनि हुन् । ज्ञवालीको दुईदिने भ्रमण दुई देशबीचको द्वीपक्षीय सम्बन्ध विस्तार गर्ने उद्देश्यले भएको तर सीमा विवादबारे छलफल गर्नका लागि यो मञ्च उपयुक्त नभएको भारतीय पक्षको भनाइ छ ।  

परराष्ट्र मन्त्रालयले मंगलबार ज्ञवालीको भारत भ्रमणको घोषणा गर्ने क्रममा बैठकमा सीमा विवादको कुरा पनि उठाइने बिषय एक विज्ञप्ति मार्फत भनिएको थियो। तर ज्ञवाली दिल्ली अवतरण गरेकै दिन भारतीय विदेशमन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले संयुक्त आयोग सीमा विवादबारे छलफल गर्ने उपयुक्त मञ्च नभएको प्रतिक्रिया दिएका छन् । ‘सीमा मुद्दाबारे हाम्रो स्थिति सबैलाई थाहै छ । म भन्न चाहन्छु, संयुक्त आयोग बैठक र सीमा सवाल छुट्टाछुट्टै संयन्त्र हुन्,’ ।
ज्ञवालीले भारतीय समकक्षी एस जयशंकरसँग शुक्रबार भेटवार्ता गर्नेछन् । 

50% LikesVS
50% Dislikes
Spread the love !
  • 14
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    14
    Shares