परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक नयाँ दिल्लीमा सुरु


[ss_social_share]
लेखक : लेखापढी      २ माघ २०७७, शुक्रबार १५:०२ मा प्रकाशित     
परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक नयाँ दिल्लीमा सुरु

काठमाडौं । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक नयाँदिल्लीमा सुरु भएको छ ।

हैदरावाद हाउसमा तीन दिनसम्म चल्ने बैठकमा नेपाल–भारत द्विपक्षीय सम्बन्धका साथै व्यापार, ऊर्जा, पारवहन, कोभिड–१९ सहकार्य, पूर्वाधार, कनेक्टिभिटी, लगानी, कृषि, पर्यटन लगायतका विषयमा छलफल हुने बताइएको छ ।

परराष्ट्रमन्त्री ज्ञवाली भारतमा जानुभन्दा अगाडि परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा सीमासम्बन्धी विषयमा पनि बैठकमा छलफल हुने उल्लेख थियो । तर भारतले सीमा सम्बन्धी विषयमा छलफल नगर्ने संकेत गरेको छ ।

बैठकको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तव भने, ‘सीमा विवादको बारेमा हाम्रो पोजिसन स्पष्ट छ । जेसीएम (संयुक्त आयोग) र बाउन्ड्री वार्ता दुई पृथक संयन्त्र हुन् ।’

संयुक्त आयोगको बैठकमा सहभागी मन्त्री ज्ञवाली भोलि शनिबार स्वदेश फर्किने कार्यक्रम छ ।

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •