कक्षा १२ को नतिजा दश दिनभित्र


[ss_social_share]
लेखक : लेखापढी      १ माघ २०७७, बिहीबार १८:१० मा प्रकाशित     
कक्षा १२ को नतिजा दश दिनभित्र

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा १० दिन भित्रमा सार्वजनिक गर्ने तयारी गरेको छ । पुस भित्रैमा नतिजा प्रकाश गर्ने तयारी गरेको भएपनि विद्यालयबाट आएको विवरण मिलाउन समय लागेकाले नतिजा प्रकाशनमा ढिलाइ भएको बोर्डले जनाएको छ ।

बोर्डका अध्यक्ष डा. चन्द्रमणि पौडेलले माघ पहिलो साता भित्रै नतिजा प्रकाशन गरिसक्ने बताउनुभएको छ । कोरोनाका कारण गत वैशाखमा हुनुपर्ने परीक्षा मंसिरमा सरेको थियो ।

शिक्षा पत्रकार सञ्जाल (इजोन)ले विहीबार आयोजना गरेको कार्यक्रममा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले नतिजा प्रकाशन गर्न अझै कम्तीमा एक साता लाग्ने बताउँदै भन्नुभयो, “विद्यालयहरुले हामीले दिएको निर्देशनअनुसार उत्तरपुस्तिका परीक्षण गरेर नपठाएकाले नतिजा सार्वजनिक गर्न ढिला भएको हो । अबको १० दिनभित्र नतिजा सार्वजनिक भइसक्नेछ ।”

अर्काे प्रसङ्गमा उहाँले कक्षा ११ को रजिष्ट्रेसन फाराम र कक्षा १२ को आवेदन फाराम अनलाइन विधिमार्फत छिटै खुला गरिने जानकारी दिनुभयो । उहाँले आगामी चैत मसान्तभित्र कोर्स नसकिने भएकाले चालु शैक्षिक सत्रलाई आगामी जेठ मसान्तसम्म बढाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसमक्ष प्रस्ताव लगिएको र सो मन्त्रालयले त्यसलाई मन्त्रिपरिषद्मा पठाएको जानकारी प्राप्त भएको बताउँदै भन्नुभयो, “आगामी जेठ मसान्तसम्ममा कोर्स सकिने थियो । त्यसैले एसईई, कक्षा ११ र १२ को परीक्षा आगामी असारभित्र सक्ने गरी योजना बनाएका छौँ ।”

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •