पीएम कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता प्रदेश १ को टोलि छनौट


पीएम कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता प्रदेश १ को टोलि छनौट

काठमाडौं ।  माघ पहिलो सातादेखि सुरु हुने प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि प्रदेश नम्बर १ ले प्रदेश १ क्रिकेट संघले बुधबार १४ सदस्यीय टोली घोषणा गरेको छ ।

राष्ट्रिय टिमबाट खेलिसकेका सिद्धान्त लोहनीले कप्तानको जिम्मेवारी पाएका छन् । यस्तै ४ जना वैकल्पिक खेलाडी रहेका छन् ।

मुख्य प्रशिक्षकमा लाक्पा लामा छन् भने राजकुमार प्रधान बलिङ प्रशिक्षकमा छन् ।

सात प्रदेश र तीन विभागीयसहित कूल १० टोलीले प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन् । पीएम कप पुरुष क्रिकेट प्रतियोगिता माघ २ गतेदेखि काठमाडौंको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा हुनेछ ।

समूह ए मा प्रदेश १  रहेको छ । यस समूहमा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र एपीएफका साथै गण्डकी र कर्णाली प्रदेश छन् ।

प्रदेश १ ले पहिलो खेल माघ ३ गते एपीएफसँग त्रिवि मैदानमा खेल्नेछ ।

प्रदेश १ को टोली

सिद्धान्त लोहनी (कप्तान), फिर्दोस अन्सारी, मिनास थापा ,दिपक पासवान,राजन मगर, शुवांकर उराउ, दिपेश कँडेल, श्रवन यादव, सोनु मण्डल , जोसक खड्का , विवेक मेहता , मनोज तामाङ,ज्ञानेन्द्र श्रेष्ठ, हेमन राई

वैकल्पिक खेलाडी

सुजन थपलिया, सरोज बस्नेत, प्रज्वल खत्री, आशिस श्रेष्ठ