अमेरिकी संसद् भवनमा क्यापिटल हिंसापछि यसरी परिचालन गरियो सशस्त्र फौज


अमेरिकी संसद् भवनमा क्यापिटल हिंसापछि यसरी परिचालन गरियो सशस्त्र फौज

अमेरिकी संसद् भवनमा विध्वंस भएको एक सातापछि क्यापिटल भवनको निगरानी गरिरहेका न्याश्नल गार्डका सुरक्षाकर्मीका तस्बिरहरू भाइरल भएका छन्।

तस्बिरहरूमा भवनको भित्र र बाहिर सुरक्षाकर्मीको व्यापक उपस्थिति देखिन्छ। जुन गतसाता विश्वव्यापी भएको संसद् भवनको अराजकताको तस्बिरभन्दा विपरीत दृष्य हो।

वासिङ्टन डीसीमा शनिवारसम्म न्याश्नल गार्डका १०,००० सदस्य तैनाथ गरिने बताइएको छ।

प्रहरी अधिकारीहरूले जो बाइडनको सपथ ग्रहणको दिन त्यो सङ्ख्या दोबर बनाइने जनाएका छन्।

फौज

गत साताको हिंसामा ट्रम्पको भूमिकालाई लिएर उनलाई महाभियोग लगाउन तल्लो सदनमा मतदान गर्ने भनिएसँगै फौजको पछिल्लो परिचालन गरिएको हो।

तल्लो सदनमा बहुमतमा रहेको विपक्षी डेमोक्र्याटिक पार्टीले ट्रम्पमाथि हूलदङ्गालाई प्रोत्साहित गरेको आरोप लगाउँदै महाभियोग प्रस्ताव प्रस्तुत गरेको थियो।

फौज

 

बहुमतले पारित उक्त प्रस्तावमा ट्रम्पकै दलका १० जना सांसदले साथ दिएका छन्।

अमेरिकी संसद्‌मा राष्ट्रपतीय चुनावको नतिजा प्रमाणीकरण गर्न मतदान भइरहेका बेला ट्रम्पका कट्टरपन्थी समर्थकहरूको भिड संसद् भवनमा प्रवेश गरेको थियो।

डेमोक्र्याट सांसद स्टेनी होयरफौज
-BBC