चन्द्रागिरिको आइपीओ भरेका सबैलाई केवलकार यात्रामा २५ प्रतिशत छुट


[ss_social_share]
लेखक : लेखापढी      १ माघ २०७७, बिहीबार २२:४३ मा प्रकाशित     
चन्द्रागिरिको आइपीओ भरेका सबैलाई केवलकार यात्रामा २५ प्रतिशत छुट

काठमाडौँ- चन्द्रागिरि हिल्स लिमिटेडले जारि गरेको आइपीओमा उल्लेख्य सर्बसाधारणको सहभागिता एबं कम्पनीलाई बिस्वासलाई मध्यनजर गर्दै चन्द्रागिरी हिल्स लिमिटेडको (Chandragiri) पौष २९ गते बुधबार ११ औं बर्षिक साधारण सभा मार्फत आवेदन दिने सम्पूर्ण आवेदकहरुलाई केवलकार यात्रामा २५ प्रतिशत छुटको व्यवस्थाको घोसणा गरेको छ ।

चन्द्रागिरी हिल्सको साधारण शेयरमा भएको उल्लेखनीय सहभागिता तथा कम्पनीप्रति देखाएको विश्वास अनि सबैलाई शेयर पर्ने सम्भावना न्यून रहेकाले सम्पूर्ण आवेदकहरुको सम्मान गर्दै कम्पनीका अध्यक्ष चन्द्र प्रसाद ढकालले यो योजना सार्वजनिक गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

स्थानीय बासिन्दा तथा सर्वसाधारणका लागि खुल्ला गरिएको शेयरमा आवेदन दिने १२ लाख ५६ हजार ७४६ आवेदकले शेयर भर्दाको कुनै न कुनै प्रमाण छुट सुविधाका लागि टिकट काउन्टरमा देखाउनुपर्ने कम्पनीले जनाएको छ । यो योजना माघ ५ देखि एक बर्ष सम्मको लागि मान्य हुनेछ ।

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •