नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहका उच्च तहका नेता पश्चिम कमाण्डर धर्मेन्द्र बाँस्तोला पक्राउ परेका छन् । उनीसंगै अर्का विप्व समूहका नेता विवेक कुमाल पनि पक्राउ परेका जनाईएको छ ।
सो पार्टीका केन्द्रीय सचिवालय सदस्य समेत रहेका बाँस्तोलालाई ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । विप्लव समुूका गतिविधिलाई सरकारले प्रतिबन्ध लगाएको छ भने प्रहरीले धरपकड गर्दै आएको छ ।
बाँस्तोला चन्द समूहका तेस्रो वरीयताका नेता हुन्। उनलाई प्रहरीले लामो समयदेखि खोजी गरिरहेको थियो।
उनीहरुलाई बुधबार मकवानपुर र ललितपुरको सीमावर्ती क्षेत्रबाट पक्राउ गरिएको बताईएको छ ।