निर्वाचन आयोगलाई ओलीको जवाफ : नेकपा विभाजन भएकै छैन


[ss_social_share]
लेखक : लेखापढी      २९ पुष २०७७, बुधबार १८:५२ मा प्रकाशित     
निर्वाचन आयोगलाई ओलीको जवाफ : नेकपा विभाजन भएकै छैन

काठमाडाैं । नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नै विभाजन नभएको दाबी गरेका छन् । यसै गरी पत्रमा ओलीले नेकपा विभाजन नभएको र पुष्पकमल दाहाल दोस्रो वरियताको अध्यक्ष कायम रहेको बताएका छन् ।

निर्वाचन आयोगले नेकपाका दुवै पक्षलाई ऐन–नियम र पार्टीको विधानअनुसार विवरण पठाउन पत्राचार गरेकाेमा सोही पत्रको जवाफ दिँदै उक्त कुरा बताएका हुन । 

निर्वाचन आयोगले गत पुस २३ गते दुबै समूहलाई राजनीतिक दल सम्बन्धी नियमावलीको नियम २५ अनुसार सात दिनभित्र ‘सुधारिएको विवरण’ पेश गर्न भनेको थियो । आयोगले तोकेको म्यादको अन्तिम दिन ओली र प्रचण्ड–माधव दुबै समूहले जवाफ पठाएका छन् ।

पुस ५ मा प्रतिनिधिसभा विघटन भएयता प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली र अर्का अध्यक्ष दाहाल तथा नेपाल पक्षले आयोगमा एकले अर्कालाई कारबाही गरेको भन्दै पत्राचार गरेका थिए ।

नेपाललाई अध्यक्ष बनाइएको भन्ने दाहाल-नेपालले आयोगलाई पठाएको पत्राचार र दाबीको कुनै औचित्य र वैधानिकता नभएको पत्रमा उल्लेख छ । दाहाललेसमेत आयोगमा पत्र पठाइ पार्टी विभाजनको हिसाबले पत्राचार गरे पनि नेकपा विभाजन नभएको ओलीले पठाएको पत्रमा उल्लेख छ ।

50% LikesVS
50% Dislikes
Spread the love !
  • 9
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    9
    Shares