काठमाडौँ- नेपाल विद्यार्थी संघले संसद विघटनविरुद्ध गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । विद्यार्थी नेता, कार्यकर्ताले कपाल खौरिएर प्रदर्शन गर्न खोजेपछि प्रहरीले १८ जनालाई पक्राउसमेत गरेको छ ।
नेपाली कांग्रेशको भातृ संगठन एबं कार्यकर्ताहरुको प्रदर्शनमा ब्यापक धरपकड गरेको हो | महानगरीय प्रहरी वृत्त, बानेश्वरका डीएसपी दक्षबहादुर बस्नेतका अनुसार विद्यार्थीले सार्वजनिक स्थलमा ब्लेड लिएर हिँडेपछि भिडमा कुनै अप्रिय घटना नहोस् भनेर नियन्त्रणमा लिइएको हो ।
‘सडकमा खुला रुपमा ब्लेड लिएर हिँडेपछि मानिसहरुलाई अन्यत्र ठाउँमा काटिएला, समस्या होला, कोही घाइते होलान् भनेर नियन्त्रणमा लिएका हौं ।’ डीएसपी दक्षबहादुर बस्नेतले भनेका छन् |