‘द भ्वाइस अफ नेपाल’ सिजन-३ मा नयाँ कोच तृष्णा गुरुङ को प्रवेश, आस्था राउत बाहिरिने


[ss_social_share]
लेखक : लेखापढी      २९ पुष २०७७, बुधबार १८:२९ मा प्रकाशित     
‘द भ्वाइस अफ नेपाल’ सिजन-३ मा नयाँ कोच तृष्णा गुरुङ को प्रवेश, आस्था राउत बाहिरिने

काठमाडौँ- चर्चित सिङगिङ रियालिटी सो  ‘द भ्वाइस अफ नेपाल’ सिजन- ३ को प्रशारण कार्यको तयारी अन्तिम चरणमा पुगेको छ ।
सिजन-३ मा नयाँ कोचाको रुपमा तृष्णा गुरुङ को प्रवेश पाएकी छिन । यस पटक आस्था राउत छनौटमा परिनन तसर्थ उहा सिजन- ३ मा आबद्ध नहुने निर्देशक लक्ष्मण पौडेलले बताएका छन् । 

आस्था राउत बाहिरिए पनि अन्य  तीनजना कोचमा भने गत सिजनकै दीप श्रेष्ठ, प्रमोद खरेल र राजु लामा निरन्तर रहने छन् । 

दोस्रो सिजनमा पनि ‘द भ्वाइस अफ नेपाल’ले कोच परिवर्तन गरेको थियो । पहिलो सिजनका कोच अभया सुब्बा र सनुप पौडेललाई परिवर्तन गर्दै राजु लामा र आस्था राउतलाई भित्राएको थियो । 

 तृष्णा गुरुङ का लोकपप शैलीमा लोकप्रिय दर्जनौं गीत दर्शकले मन पराएका छन् । माया पिरती, गुराँसै फुल्यो, गाइने दाजैले सारंगी रेट्दैमा उनका सर्वाधिक लोकप्रिय गीत हुन् । 

‘द भ्वाइस अफ नेपाल’ तेस्रो सिजन अन्तरगत अहिले डिजिटल अडिसनको अन्तिम चरण चलिरहेको छ । डिजिटल अडिसनमा करिब ४० हजारले सहभागिता जनाएको पौडेलले बताए । कार्यक्रम एक महिनाभित्र प्रशारण सुरु हुने बताइएको छ । 

50% LikesVS
50% Dislikes
Spread the love !
  • 9
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    9
    Shares