संसद् विघटनविरुद्ध प्रज्ञा डबलीमा ‘नागरिक सभा’


[ss_social_share]
लेखक : लेखापढी      २८ पुष २०७७, मंगलवार २१:५९ मा प्रकाशित     
संसद् विघटनविरुद्ध प्रज्ञा डबलीमा ‘नागरिक सभा’

संसद विघटनको विरोधमा काठमाडौंको प्रज्ञा-प्रतिष्ठानको डबलीमा पहिलो नागरिक सभा गरेको छ । सभामा फ्ल्यास मोबलगायतका विभिन्न कार्यक्रम गरिएको थियाे ।

प्रतिनिधिसभा विघटनलाई ‘प्रतिगमन’ भन्दै नागरिक अगुवाहरुले दैनिक रुपमा प्रदर्शन गर्दै आएका छन्। बृहत नागरिक आन्दोलन अन्तर्गत आज नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा विरोधसभा आयोजना गरिएकाे हाे ।

नागरिक अभियन्ताहरूको साझा आह्वानमा कलाकार, लेखक तथा सर्वसाधारण जम्मा भएर डबलीमा विरोध कार्यक्रम गरिएको हो । कार्यक्रममा प्रतिगमनविरुद्ध युवतीहरूको ‘फ्ल्यास मोब’ गरेका छन् । उनीहरूले उभिएर ‘ओइ सरकार सुन्, निरकुंश होस् तँ’ भन्दै नारासमेत लगाएका थिए ।

पोलटिकल लिट्रेसी फर वमेनका सदस्यहरुले नारा लगाए, ‘कानुन माथि को रैछन्, केपी ओली पो रैछन्’, ‘जनता रोगले ग्रस्त छन्, ओली गफमा मस्त छन्।’ उनीहरुको प्रदर्शन रचनात्मक रह्यो।

सभालाई नेपाल बार एशोसियसनका अध्यक्षर चण्डेश्वर श्रेष्ठ, पत्रकार महासंघका उपाध्यक्ष दीलिप थापा, अभियन्ता सिएन थारु, अपांगता समूहका प्रतिनिधि भोजराज श्रेष्ठ, युग पाठक लगायतले सम्बोधन गरे । सभालाई जनकवि दुर्गालाल श्रेष्ठले भिडियोबाटै आफ्नो कविता पढेर सुनाए ।

सभालाई कलाकार तथा कार्टुनिस्ट रवि मिश्र, रसिक राज र रविन्द्र श्रेष्ठले ताजा पेन्टिङसहित साथ दिए । उनीहरूले संविधानमाथिको प्रहार भएको बिम्ब खडा गर्दै सांकेतिक विद्रोह गरे । नाट्यकर्मी घिमिरे युवराजको संयोजनमा छोटो डबली–नाटक पनि देखाइयो । नाटकमा प्रतिगमनले कसरी आक्रमण गर्छ भन्ने विषयलाई केन्द्र बनाएर विरोध गरियो । एजेन्सीहरूकाे सहयाेगमा

 

Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •