बदलिँदै सवारीको ‘ट्रायल’ : सामान्य गल्तीले फेललाई लाइसेन्स दिन प्रस्ताव


बदलिँदै सवारीको ‘ट्रायल’ : सामान्य गल्तीले फेललाई लाइसेन्स दिन प्रस्ताव

सवारी चालक अनुमति पत्र पाउनको लागि दिईने ट्रायलमा अब सानो गल्तीले पनि फेल हुने मापदण्ड परिवर्तन हुने भएको छ । यातायात व्यवस्था विभागले अहिलेको कडा मापदण्ड परिमार्जन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव पेश गरेको छ जस अनुसार ट्रायलका विभिन्न चरणमा दिइने अंकका आधारमा पास वा फेल निधो गरिनेछ । 

प्रस्तावित नियम अनुसार अब प्रयोगात्मक परीक्षाका गाह्रो मानिने प्यारामिटरलाई बढी अंकभार दिइनेछ भने सजिला प्याराममिटरलाई कम अंकभार छुट्याइनेछ । त्यसका आधारमा पूर्णाङ्कमा कम्तिमा ६० अंक  प्रतिशत ल्याउनेलाई चालक अनुमतिपत्र दिने व्यवस्था गर्न लागिएको मन्त्रालयले बताएको छ ।

अब फिगर-8 टेस्ट, न्यारो प्ल्यान्क टेस्ट, यू टर्न टेस्ट, ट्राफिक लाइट टेस्ट, स्पिट ब्रेकर टेस्ट, र्‍याम्प टेस्ट, ग्यारेज पार्किङ टेस्ट लगायतका प्यारामिटरलाई फरक-फरक अंकभर दिएर परीक्षा लिइनेछ । त्यसमध्ये कुनै प्यारामिटरमा गल्ती गरेपनि तोकिएको अंकभार पार गरेमा सवारी लाइसेन्स लिन पाइनेछ ।

‘अहिले हेल्मेटको लक नलगाए पनि ट्रायल फेल हुने नियम छ । अब भने त्यसमा पनि निश्चित अंक पाउनेछन्। त्यस्तै ८ कटाएको निश्चित अंक हुनेछ। यस्तै–यस्तै विभिन्न प्यारामिटर हुनेछन् ।