गौरिका सिंह उत्कृष्ट महिला खेलाडीको पल्सर स्पाेर्टस अवार्ड


[ss_social_share]
लेखक : लेखापढी      २८ पुष २०७७, मंगलवार २०:०० मा प्रकाशित     
गौरिका सिंह उत्कृष्ट महिला खेलाडीको पल्सर स्पाेर्टस अवार्ड

पौडीकी गौरिका सिंहले ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ अन्तर्गत वर्ष उत्कृष्ट महिला खेलाडीको अवार्ड जितेकी छिन्।

ललितपुरको सातदोबाटोमा मंगलबार भएको अवार्ड कार्यक्रममा गौरीका वर्ष उत्कृष्ट महिला खेलाडी घोषित भएकी हुन्।

नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको १७औं संस्करणको स्पोर्टस अवार्डमा गौरिकाले वर्षको उत्कृष्ट महिला खेलाडीको अवार्ड जितेकी हुन् ।

अवार्ड जित्ने क्रममा गौरिकाले करातेकी अनु अधिकारी, तेक्वान्दोकी आयशा शाक्य, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ र ट्रायथलनकी सोनी गुरुङलाई पछि पारिन्।

गौरिकाले नेपालमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा चार स्वर्णसहित ९ पदक जितेकी थिइन् ।

Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •