नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधव कुमार नेपाल प्रधानमन्त्री केपी शर्मा ओलीभन्दा हजार गुणा बढी क्रान्तिकारी भएको बताएका छन् । पोखरामा आयोजित प्रदेश स्तरीय कार्यकर्ता भेलामा प्रचण्डले माधव नेपाललाई पञ्चायत विराधी आन्दोलनबाटै चिनेको बताए ।
‘मैले माधव कमरेडलाई पञ्चायत विराधी आन्दोलनबाटै चिनेको हुँ, केपी ओलीभन्दा माधव नेपाल हजार गुणा इमान्दार, हजार गुणा पारदर्शी, हजार गुणा सुशासन पक्षधर र हजार गुणा बढी क्रान्तिकारीको हुनुहुन्छ,’ उनले भने,‘गणतन्त्रबारे ओलीको धारणा सबैले बुझेकै छन्, केपी ओलीको उद्देश्य इमान्दारिताको रहिनछ।’
माओवादी र एमाले एकीकरणमा वामदेव गौतमको महत्वपूर्ण भूमिका रहेको उनले बताए । वामदेवकै पहलकदमीमा पार्टी एकीकरण अगाडि बढेको पनि प्रचण्डले बताए ।