प्रधानमन्त्री ओलीले भारतीय टेलिभिजनलाई दिएको अन्तर्वार्ता सामाजिक सञ्जालमा भाइरल


[ss_social_share]
लेखक : लेखापढी      २८ पुष २०७७, मंगलवार १६:०३ मा प्रकाशित     
प्रधानमन्त्री ओलीले भारतीय टेलिभिजनलाई दिएको अन्तर्वार्ता सामाजिक सञ्जालमा भाइरल

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय टेलिभिजन जी न्यूजका सम्पादक सुधीर चौधरीलाई दिएको अन्तर्वार्ता सामाजिक सञ्जालमा चर्चाको केन्द्रमा देखिएको छ।

भारतीय टेलिभिजन च्यानल जी न्युजका प्रधान सम्पादक सुधीर चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ता लिएका थिए । शनिबार तीन जनाको टोलीसहित काठमाडौं ओर्लिएका सुधीरले आइतबार बालुवाटार पुगेर ओलीको अन्तर्वार्ता लिएका हुन् ।

सोमवार राति प्रसारित अन्तर्वार्तामा ओलीले नेपाल-भारत सम्बन्धदेखि विभिन्न सांस्कृतिक तथा समसामयिक राजनीतिक विषयमा आफ्ना धारणा राखेका छन्।

एकथरीले अन्तर्वार्तामा प्रधानमन्त्रीको प्रस्तुति ‘बेजोड’ भएको भन्दै प्रशंसा गरिरहेका छन् भने अर्कोथरीले प्रतिनिधिसभा विघटनको विषयबारे प्रश्न तेर्स्याएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका नेता लोकेश ढकालले ट्विटरमा प्रधानमन्त्रीको खुलेर प्रशंसा गरेका छन्।

उनले लेखेका छन्, “जी टीभीको डीएनएमा कार्यक्रम प्रस्तोता सुधीर चौधरीसँग प्रम केपी ओलीको अन्तर्वार्तामा उनको प्रस्तुतिलाई म स्यालुट गर्छु। उनको सबै विचारमा सहमत हुन नसकिएला, आफैँले भनेका छन् टुटेफुटेको हिन्दी होला। तर इतिहास र संस्कृतिको तथ्यसहित देशको स्वार्थमा उनको प्रस्तुति बेजोड थियो।”

तर ट्विटरमै वरिष्ठ अधिवक्ता तथा माओवादीका पूर्वसभासद खिमलाल देवकोटाले फरक मत राखेका छन्।

उनको तर्क छ, “हजार तर्क गर तर प्रतिगमनकारी संसद्‌ विघटनको औचित्य पुष्टि गर्न दुनियाँको कुनै ताकतले पनि सक्नेछैन। डुब्दाको सहारा परालको त्यान्द्रो!” 

प्रधानमन्त्री केपी ओलीले कालापानीबाट सेना हटाउन भारतलाई गरेको आग्रहलाई लिएर भारतीय मिडियाले ‘मसला’ बनाएका छन् ।

कतिपयले त ओलीको यो अभिव्यक्तिलाई ‘नेपालका प्रधानमन्त्रीको रवाफ’को संज्ञा समेत दिए । भारतको चर्चित मिडिया आजतकले ‘नेपालका प्रधानमन्त्री ओलीको रवाफ’ भन्दै कालापानीको विषयलाई समाचार बनाएको छ । आजतकले लेखेको छ, ‘कालापानी पर नेपाली पिएमने दिखाए भारतको तेवर : एक इन्च भी जमिन नहीँ देंगे ।’

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •