यौन हिंसा गरेको आरोपमा आरआर क्यामपसका प्राध्यापक पक्राउ


[ss_social_share]
लेखक : लेखापढी      २८ पुष २०७७, मंगलवार १३:५३ मा प्रकाशित     
यौन हिंसा गरेको आरोपमा आरआर क्यामपसका प्राध्यापक पक्राउ

 काठमाडौंको प्रदर्शनी मार्गमा रहेको रत्न राज्य लक्ष्मी (आरआर) क्याम्पसका एकजना प्राध्यापक पक्राउ परेका छन् । आरआर क्याम्पसका प्राध्यापक ४५ वर्षीय विष्णुप्रसाद आचार्य पक्राउ परेका हुन् ।

आचार्यलाई क्याम्पस अगाडिबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । आरआर क्यामपसमा अध्यनरत एक छात्रालाई यौन हिंसा गरेको आरोपमा आचार्य पक्राउ परेको महानगरीय पहरी परिसर काठमाण्डुका डिएसपी शिद्धीविक्रम शाहले जानकारी दिए । पक्राउ परेका आचार्यमाथि जिल्ला अदालत काठमाण्डुबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •