गजल : रघुबिर चन्द


[ss_social_share]
लेखक : लेखापढी      २८ पुष २०७७, मंगलवार १२:२१ मा प्रकाशित     
गजल  : रघुबिर चन्द

भेट हुने रहरले चौतारीमा कुरी रहे
डिलबाट परेलीको आँशु सधै झरी रहे ।

तिम्रो मनका मौन फरियाद बुझ्ने चाहले
वर्कतले भ्याएसम्म सधै कोशिस गरी रहे ।

मनोरम दृश्य जति तुवाँलोले ढाक्दै गयो
व्यर्थै भयो प्रित मेरो भरोसामा परी रहे ।

बाँझो खेत उधिनेर खेति गर्ने रहर हो
बेसुरले हिड्यौ तिमी विचल्लीमा परी रहे ।


रघुविर चन्द,
वेदकोट, कञ्चनपुर


Please mail us your creation on: lekhapadhimedia@gmail.com
Visit us for news and opinion: www.lekhapadhi.com

Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •