सुदुरपश्चिमको भुवा पर्वबारे थाहा पाउनुहोस: सुदुरपश्चिम प्रदेशमा सार्बजनिक बिदा


सुदुरपश्चिमको भुवा पर्वबारे थाहा पाउनुहोस: सुदुरपश्चिम प्रदेशमा सार्बजनिक बिदा

धनगढी- सुदुरपस्चिम प्रदेशको अछाम, बाजुरा, बझांग, डोटी साथै कर्णालीका पहाडी जिल्लाहरुमा मनाइने भुवा पर्बका दिन प्रदेश सरकारले सुदुरपश्चिममा सार्बजनिक बिदा दिइने निर्णय गरेको छ ।

सुदूरपश्चिम प्रदेशमा २९ पुसका दिन सार्वजनिक बिदा दिइएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी लक्ष्मीप्रसाद जोशीले भुवा पर्वका दिन बिदा दिने निर्णय भएको बताएका छन। 
प्रत्येक वर्ष पुस औंसीको अघिल्लो दिनदेखि सुरु हुने भुवा पर्व बाजुरालगायत सुदूरपश्चिका विभिन्न जिल्लाहरुमा खेलिने दशैं पछिको दोस्रो ठूलो पर्वका रुपमा मनाइन्छ। त्रेतायूगमा पाण्डव र कौरवीचको लडाई सकिएपछि पाण्डवपक्षले खुसियाली मनाएको दिनमा यो पर्व मनाउने गरिन्छ।

भुवा पर्वमा पुरुषहरुले हातमा तरबार र खुकुरी प्रदर्शन गरी चाली खेलेर मनाइने परम्परा छ। भुवा पर्वको सुरुको दिन राँके जुलुस निकालेर रातभर दमाहका तालमा गीत गाउने गरिन्छ ।
भुवा पर्ब एक ऐतिहासिक परम्परा र संस्कृति हो । यो पर्ब ३ देखि ५ दिन सम्म मनाइने गरिन्छ । यस पर्वमा गाउँमा छैट खेल्ने चलन पनि छ। घरको जेठो छोरा जन्मेको एक वर्ष पूरा गरेपछि उक्त घरमा गएर छैट माग्ने चलन छ। छैटमा घरको आँगनमा भगवान श्रीकृष्णको गाथा गाउने, बच्चालाई गाउँका ठूलाबाडा मान्यजनले आर्शिबाद दिने र घरको मान्छेले सबै गाउँले बोलाएर भोज गर्ने चलन यस पर्वको अर्को सामाजिक  विशेषता रहेको छ । 
(सांकेतिक तस्बिर )